Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

वैशाख १५, २०७७
एजेन्सी । भारतमा कोरोना संक्रमणबाट मर्नेको संख्या ८ सय ८६ पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार संक्रमित हुनेहरुको संख्या २८ हजार ३ सय ८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १४ सय ६३ जना नयाँ संक्रमित देखा परेको मन्त्रालयका सचिव लव अग्रवालले जानकारी दिएका छन् ।

उनका अनुसार देशभरका ८५ जिल्लामा १४ दिनयता कुनै नयाँ संक्रमित देखिएका छैनन् । त्यस्तै १६ जिल्लामा २८ दिनयता कुनै संक्रमित देखिएका छैनन् ।

तपाईको प्रतिक्रिया