Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

वैशाख १३, २०७७
एजेन्सी । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ भने २८ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार शनिबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा विगत २४ घण्टाको अवधिमा १ हजार ९५९ जनाको मृत्यु भएको छ । यो सहित अमेरिकामा सबैभन्दा बढी ५२ हजार २१७ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ९६९ जना, स्पेनमा २२ हजार ५२४ जना, फ्रान्समा २२ हजार २४५, बेलायतमा १९ हजार ५०६ जना, बेल्जियममा ६ हजार ६७९ जना, जर्मनीमा ५ हजार ७६० जना, नेदरल्यान्ड्समा ४ हजार २८९ जना, स्वीडेनमा २ हजार १५२ जना, स्वीट्जरल्यान्डमा १ हजार ५८९ जना, रसियामा ६१५ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ५७४ जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ३ हजार ७०४ जना, मेक्सिकोमा १ हजार २२१ जना, भारतमा ७७५, इन्डोनेसियामा ६८९ जना, इक्वेडरमा ५७६ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया