Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

वैशाख ११, २०७७
कतार । विभिन्न अभियोगमा कतारको जेलमा रहेका १७ जना नेपालीले आममाफी पाएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीको अवस्थालाई मध्य नजर गर्दै तथा कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखेर कतारका अमिर शेख तमिम बिन हमाल अल थानीले आममाफी दिने घोषणा सार्वजनिक गरेका थिए । सोही आममाफी अन्तरगत कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु पनि रिहा हुन लागेको कतारस्थित नेपाली राजदूतावासले जानकारी दिएको हो ।

हाल कतारको जेलमा १३ जना लागू औषध कारोवार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका थिए ।

तपाईको प्रतिक्रिया