Online Bichar
बिहिबार, आश्विन २२, २०८३ | Thursday, October 8, 2026

बिबिसीबाट, १० बैशाख २०७७ बुधबार
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासनमा लगाइएको रोक ६० दिनसम्म कायम रहने र ग्रीनकार्ड अर्थात्‌ स्थायी बसोबासका आकाङ्क्षी विदेशी नागरिकका हकमा मात्रै त्यो लागु हुने बताएका छन्।

सोमवार राति अस्पष्ट ट्वीट गर्दै ट्रम्पले उक्त कदमले रोजगारी गुमाएका अमेरिकीहरूको रक्षा गर्ने दाबी गरेका थिए।

पछिल्लो आदेश अस्थायी रूपमा अमेरिका प्रवेश गर्नेहरूको हकमा चाहिँ लागु हुने छैन।

कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आफ्नो प्रशासनले गरेका कामबाट ध्यान मोड्न ट्रम्पले पछिल्लो कदम चालेको आलोचकहरूले बताएका छन्।
लम्बिन सक्ने
ट्रम्पका अनुसार यस विषयमा कार्यकारी आदेशको लिखित दस्तावेज तयार गर्ने काम भइरहेको छ र ह्वाइट हाउसका वकिलहरूले बुधवारसम्म त्यसलाई हस्ताक्षरयोग्य बनाउने सम्भावना छ।

ग्रीनकार्डका आकाङ्कक्षी विदेशी नागरिकमाथि लगाइने भनिएको रोक अमेरिकी अर्थतन्त्रको अवस्था हेरेर लम्ब्याइन सक्ने राष्ट्रपति ट्रम्पले बताएका छन्।

नियमित पत्रकार सम्मेलनका क्रममा उनले लाखौँ अमेरिकीले कोरोनाभाइरसको सङ्क्रमणसँग जुझ्न र एकअर्काको ज्यान जोगाउन रोजगारी त्याग गरेको बताए।

र, उनीहरूले ती अवसर फिर्ता पाऊन् भन्ने कुराको प्रत्याभूति दिलाउनु सरकारको कर्तव्य रहेको ट्रम्पको भनाइ छ।

कोरोनाभाइरस महामारीका कारण रोजगार गुमाएका व्यक्तिहरूलाई अन्य देशबाट आएका आप्रवासीसँग प्रतिस्थापन गर्नु ’गलत र अन्यायपूर्ण’ हुने ट्रम्पले टिप्पणी गरे।

पछिल्ला चार हप्तामा दुई करोडभन्दा बढी अमेरिकी नागरिकले आफ्नो नाम बेरोजगारको रूपमा दर्ता गराएका छन्।

नियन्त्रण
त्यो पछिल्लो दशकमा रोजगारदाताहरूले जागिर उपलब्ध गराएका भनिएका मानिसहरूको सङ्ख्याको बराबरजस्तै हो।

हालसम्म अमेरिकामामा आठ लाख २० हजारभन्दा बढी कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको विश्वव्यापी रूपमा महामारीको अभिलेख राखिरहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ।

अघिल्लो महिना अमेरिकाले महामारीको कारण आप्रवासीहरू सहितका लागि प्रवेशाज्ञा दिन स्थगन गरिएको जनाएको थियो।

अमेरिकाले क्यानडा र मेक्सिकोसँग सीमामा अत्यावश्यकबाहेक अरू आवतजावतमा लगाइएका प्रतिबन्धहरूलाई थप अवधि कायम राख्ने सहमति गरिसकेको छ।

कोरोनाभाइरसका कारण बढी प्रभावित युरोपेली देशहरूबाट आवतजावत पनि नियन्त्रण गरिएको छ र चीनबाट रोजगार भिसावाहक, विद्यार्थी र व्यवसायीहरूलाई यात्रा गर्न छुट दिने भनिएको छ।

हालैका हप्ताहरूमा सङ्कटकालीन अधिकारहरूको प्रयोग गरी कागजपत्रविहीन हजारौँ आप्रवासीलाई अमेरिका(मेक्सिको सीमाबाट फर्काइएको थियो।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments