Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १० वैशाख । भारतले कोरोना भाइरस कोभिड(१९ विरुद्ध लड्न नेपाललाई २३ टन औषधि सहयोग गरेको छ ।

 

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बुधबार उक्त परिमाणको औषधि हस्तान्तरण गरेका हुन् ।

भारतले उपलब्ध गराएको औषधिहरूमा ३.२ लाख डोज पारासिटामोल र २।५ लाख डोज हाइड्रोक्सिक्लोरोक्विन समेत गरी कुल ८।२५ लाख डोज छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत चैत २ गते सार्क राष्ट्रका नेताहरूसँग भिडियो कन्फ्रेन्स गर्दै सार्क कोभिड(१९ आपतकालीन कोष स्थापना गर्ने घोषणा गरेका थिए ।

उक्त कोषमा भारतको तर्फबाट १० मिलियन अमेरिकी डलर प्रदान गर्ने बाचा गर्दै मोदीले सबै छिमेकी मित्र राष्ट्रहरूलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया