Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

९वैशाख २०७७ मंगलबार
एजेन्सी । विश्वभर दुई दिन इन्टरनेट सेवा बन्द हुनसक्ने अन्तराष्ट्रीय सञ्चार माध्यमले जनाएका छन् ।

मेन डोमेन सर्भर र योसँग जोडिएको नेटर्वक इन्फ्रास्ट्रक्चर केहि समयको लागि बन्द हुने भएकोले इन्टरनेटमा समस्या देखिन लागेको ‘रसिया टुडे’ ले जनाएको छ ।

रिपोर्टका अनुसार ‘द कर्पोरेसन अफ असाइन्ड एण्ड नम्बर्स’ लाई यो समयमा मर्मतका कामहरु गर्नुपर्ने छ । ‘द कर्पोरेसन अफ असाइन्ड एण्ड नम्बर्स’ले क्रिप्टोग्राफिक की लाई बदल्न लागेको छ । जसले गर्दा इन्टरनेटको एड्रेस बुक वा डोमेन नेम सिस्टम (डिएनएस) लाई सुरक्षित बनाउँछ ।

साइबर घटनाको बढ्दो आक्रमणलाई मध्यनजर गर्दै विश्वभरको इंटरनेट २ दिन अर्थात ४८ घण्टाको लागि बन्द गरिने ‘द कर्पोरेसन अफ असाइन्ड एण्ड नम्बर्स’ले जनाएको छ ।

कम्युनिकेशन रेगुलारिटी अथोरिटीका अनुसार डिएनएसलाई सुरक्षित बनाउनको लागि विश्वभरको इंटरनेट सटडाउनु हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया