माधवराज शर्मा

अनलाइनबिचार, ७ बैशाख २०७७ आइतबार
कोरोना भाइरस कोभिड १९ को कारण विश्व आक्रान्त छ । यस भाइरसको बारेमा सर्बसाधारणले बुझ्नेगरी सुस्म जानकारी आवस्यक छ । ब्याक्टेरिया ,भाइरस, प्यारासाइट तथा फन्जाइहरूको अध्ययन गर्ने बिषय सुस्म जीव बिज्ञान(माइक्रोबायोलोजी) हो । कोरोना भाइरसको सन्दर्भमा केन्द्रित रहेर सुनसरी टेक्निकल कलेज धरानमा माइक्रोबायोलोजी विषय प्रध्यापन गर्दैरहेका बिभागीय प्रमुख माधवराज शर्मासंग अनलाइनबिचारले गरेको कुराकानी ः

कोरोनाभाइरस के हो?
कोरोना लेटिन भाषको ’क्राउन’ शब्दबाट आएको हो। जसको अर्थ श्रीपेच हुन्छ र यो विषाणुले (भाइरस)
अहिले विश्वलाई नै अतकं बनाएको छ। नयाँ कोरोना भाइरसको संक्रमणले हुने रोगलाई विश्व स्वास्थ्य संगठनले कोभिड(१९ को नाम दिएको हो।
विषाणु विज्ञहरुले यो कोरोना भाइरसलाई सार्स कोभिड २ भनेर नामांकन गरेका छन्।

कोरोना भाइरस एक अर्कामा कसरी सर्छ ?

कोरोना भाइरस संक्रमित व्यक्तिसंग प्रत्यक्ष नजिकिंदा जस्तैः हातमिलाउने अंकमाल गर्नाले त्यैगरी संक्रमितले खोक्दा, हाक्षिउँ गर्दा निस्केका स-साना ड्रोपलेट्स लगाएतका माध्यम द्वारा एकर्आमा सर्ने गर्छ।

यस भाइरसको लक्षण कस्ता हुन्छन् ? काति दिनमा देखिन्छ ?

यस भाइरसले कुनै व्यक्तिको शरिरमा प्रवेश गरेपछि रोगको लक्षण देखिने अवधि ३ देखि १४ दिनसम्म मानिएको र यसको विरुद्धमा एन्टिबडी बन्न ९ दिनको समय लाग्ने गर्दछ।
कुनै कुनै मानिसमा अपवादको रुपमा यो समय अवधि २८ दिनको पनि हुने गर्दछ।
यसमा निमोनिया रोग जस्तै लक्षणहरु ज्वरो, सुक्खा खोकी र श्वास फेर्न गाह्रो हुनु जस्ता ’क्लासिक सिम्टम्स्हरु’ सबैभन्दा बढी देखिने लक्षणहरु हुन्।

कोरोना भाइरस काति समय सम्म बाताबरणमा जीवित रहन सक्छ?

नोवेल कोरोना संक्रमित व्यक्तिले छोएको वा थुकेको जमिनमा २-३ दिन, स्टिल वा प्लास्टिकको भाँडा वा वस्तुमा २-३ दिन, कार्डबोर्डमा २४ घण्टा, कपडामा १० घण्टा, तामाको भाडामा ४ घण्टा र हातमा १० मिनेटसम्म जीवित रहन सक्ने सम्भावना धेरै नै हुन्छ।

यो कत्तिको प्राणाघातक छ?

वास्तवमा, कोरोना संक्रमणको गति धेरै नै तीब्र भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो सर्ने गर्दछ। तर, मृत्युदर चाहिं अरु रोगहरु भन्दा कम हुने गर्दछ। कोरोना पोजिटिभ बिरामीहमा प्रतिरोधात्मक क्षमता सबल छ भने ८० देखि ८२ प्रतिशत जति आफैं ठिक हुन्छन् । उनीहरु बिना उपचार वा सामान्य हेरचाहबाट निको हुन सक्छन्। १५-२० प्रतिशत जति उपचारले ठीक हुन्छन् भने ५-७ प्रतिशत जति जटिल निमोनियाबाट ग्रसित भई रेस्पिरेटोरी सपोर्टमा निर्भर हुन्छन्। बिस्तारै शरिरको अरु महत्वपूर्ण अंगहरु मुटु, कलेजो, मिर्गौला, मस्तिष्कले क्रमशः काम गर्न छोड्दै जान्छन् र बिरामीको मुत्यु हुनसक्छ।

अजको मुख्य चुनौती के हो?
कोरोना भाइरस बिनालक्षण पनि मानिसको शरीरमा रहन सक्छ। थर्मल स्क्यानर र थर्मल गनबाट शरीरको तापक्रम मात्रै मापन गर्ने हुँदा लक्षण नभएको संक्रमितको
हकमा समस्या देखिएको छ । साथै Rapid kit विधिवाट पनि सहि परिणाम नआउने हुँदा Portable RT-PCR सहित परीक्षणको व्यवस्था मिलाउनु पर्छ । तर Portable RT-PCR सहज उपलब्ध छैन ।सथै हाम्रा मुख्य चुनौती
– नमुना परीक्षणमा कमी
– प्राविधिक जनशक्तिको अभाव
– लक डाउन को अवज्ञा
– खुल्ला सिमाना

यो रोगसङ्ग लड्न माइक्रोबायोलोजिस्टको भुमिका कास्तो हुन्छ?
यो बेलामा माइक्रोबायोलोजिस्टको भूमिका नेतृत्वदायी हुनुपर्ने हो तर राज्यले बेवास्त गतेको छ । माइक्रोबाइलोजी भन्ने विषय नै ब्याक्टेरिया, भाइरस, प्यारासाइट, फन्जाइहरूको अध्ययन, अध्यापन र अनुसन्धान गर्ने हो । त्यसमा नम्बर एक पहिचान, नम्वर दुई उपचार, नम्बर ३ रोकथाम र नम्बर ४ भ्याक्सिन उत्पादन र गुणस्तरीयताको सुनिश्चितता हो ।

यी ४ वटै बिषयको अध्ययन र ज्ञान भएको जनशक्ति चाँहि माइक्रोबाइलोजी पढेको जनशक्ति हो । विपत्तिको बेला देशका दक्ष माइक्रोबायोलोजिस्टहरुलाई राज्यले प्रयोग गर्न जानेन।

यो बिषय अध्ययन गरेकाहरु लाई राज्यले आवस्यक महसुुस गरेर परिचालन गरेमा बिपतको यस घडीमा राज्यलाई थप प्रविधिक सहयोग पक्कै जुट्ने थियो । नेपाल सरकारले यो अवस्थामा माइक्रोबाइलोजीष्टहरुकको भूमिका र आवस्यकतालाई सदुपयोग गर्न सक्नुपर्दछ ।

तपाईको प्रतिक्रिया

Comments