Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ४ वैशाख । महामारी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको अवस्थाका आधारमा भारतका सवै जिल्लाहरुलाई तीनस्तरमा वर्गीकरण गरिने भएको छ ।

कोभिड-१९ विरुद्धको लडाईलाई थप प्रभावकारी, व्यवस्थित र चुस्त बनाउन जिल्लाहरुलाई उच्च खोजिमपूर्ण, धेरै जोखिममा नरहेका र सुरक्षित जिल्ला गरी तीनस्तरमा विभाजन गर्न लागिएको हो ।

भारतमा कोरोना भाइरसबाट संक्रमितको हुनेको संख्या लगातार बढ्न थालेपछि सरकारले लकडाउनलाई आगामी मे ३ सम्म बढाएको छ ।

लकडाउनको अवधि थप गरेपछि मजदूरी गरेर मुम्बईमा बसिरहेका कामदारहरु आफ्नो घर फर्कन बान्द्रा स्टेसनमा हजारौंको संख्यामा भेला भएका छन् । लगातार रुपमा सरकारले लकडाउन गर्न थालेपछि भारतका विभिन्न गाउँबाट रोजगारीका सिलसिलामा विभिन्न सहरमा गएकाहरु पुनः आ-आफ्नै गाउँ फर्किन चाहेका छन् ।

मुम्बई मात्र नभई भारतको अर्को शहर शुरतमा पनि ठूलो संख्यामा कामदार भेला भई रेल सेवा संचालन गर्नुपर्ने माग गरिरहेका छन् । भारतमा हालसम्म कोभिड संक्रमण भएर ४०५ जनाको मृत्यु भइसकेको छ । त्यहाँ १२ हजार हाराहारीमा संक्रमित छन् ।

संक्रमण बढ्दै गएपछि देशका १७० जिल्लालाई कोरोना हटस्पट घोषणा गरेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले हालसम्म ११ दशमलव ४१ प्रतिशत संक्रमित उपचार पछि निको भएको जनाएको छ ।

यसैबीच भारत सरकार बेलायतलाई ३० लाख प्यारासिटामोल दिन सहमत भएको छ । भारतले उपलब्ध गराउने औषधि आगामी दुई हप्तामा बेलायत पुग्ने अधिकारीहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया