Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १९ चैत्र । भारतको आसाममा कोरोना भाइरस (कोभिड–१९)बाट बच्न औलोको औषधि खाँदा एक डक्टरको मृत्यु भएको छ । गुवाहिटीको प्रतीक्षा अस्पतालका ४४ वर्षीय उत्पालजित बर्मनको औलोको उपचारका लागि दिइने हाइड्रोक्लोरिकिन औषधि खाएपछि हृदयाघातको कारण मृत्यु भएको हो । यो औषधि कोरोना भाइरस विरुद्ध लड्न केही हदसम्म उपयोगी हुने बताइँदै आएको छ ।

बर्मनलाई हृदयाघात भएपछि अर्को अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको ज्यान गएको हो । प्रतीक्षा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट निर्मलकुमार हजारिकाले कोभिड–१९ बाट बच्न यो औषधि लिने गरेको र बर्मनले पनि सोही औषधि लिएको बताए ।

भारतको मेडिकल रिसर्च परिषद्ले पनि कोरोना भाइरसको जोखिम रहेका मानिसलाई यो औषधि सिफारिस गरेको थियो । केही दिनअघि फ्रान्सका अनुसन्धानकर्ताले पनि यो औषधि कोभिड–१९ को लागि उपयोगी हुने बताएका थिए । यसअघि चीनमा पनि कोभिड–१९ को उपचारका लागि क्लोरिकिन फोस्फेट र हाइड्रोक्सीक्लोरिकिनको प्रयोग गरिएको थियो ।अनलाइनखबर

तपाईको प्रतिक्रिया