Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, ९ चैत्र । गृहमन्त्रालयले भारतीय सीमा हुँदै नेपाल आउने सबै नेपालीलाई ‘सेल्फ क्वारेन्टाइन’ मा बस्ने गरी व्यवस्था मिलाउन र बसे नबसेको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई आन्तरिक परिपत्र जारी गरेको छ ।

त्यसरी नेपाल आउने मानिसहरुलाई निगरानी गर्न नेपाली प्रहरी र सशस्त्र प्रहरीलाई पनि आइतबारै निर्देशन दिएको गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

गृहमन्त्रालयको यो परिपत्रसँगै अबदेखि सीमाबाट भित्रिएका नेपालीहरुको विवरण राख्ने जिम्मा जिल्ला प्रशासन कार्यलय र प्रहरीको हुनेछ । सीमाबाट भित्रिएका नेपाली ‘सेल्फ क्वारेन्टाइन’मा बसे नबसेको नियमित अनुगमन समेत स्थानीय प्रशासनले गर्नेछ । भारततर्फबाट नेपाल आउने नेपालीहरु सेल्फ क्वारेन्टाइनमा नबसेको भन्ने गुनासो आएपछि यस्तो निर्णय गर्नुपरेको गृहमन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया