Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, ७ चैत्र । गौरादह नगरपालिकाको अनुगमन टोलिले गौरादह बजार क्षेत्रका पसलहरु अनुगमन गरेको छ । गौरादह नगरपालिकाको उपभोत्ता हित संरक्षण समितिको निर्णय अनुसार प्रारम्भिक चरणमा खाद्यान्न पसल र औषधी पसल अनुगमन गरेको छ । उपभोत्ता हित संरक्षण समितिले नगरपालिका भित्र बसोबास गर्ने नागरिकहरुलाई खाद्यान्न अभाव हुन नदिन व्यापारीहरुलाई सल्लाह सुझाव दिंदै पसल अनुगमन गरेको हो ।

कोरोना भाइरसको महामारी फैलिरहेको बेला बजारमा कालाबजारी हुन सक्ने खतरालाई रोक्न नगरभित्रका पसलहरुमा के कति खाद्यान्न सामग्री रहेको छ त्यसको यकिन तथ्यांक निकाल्न पहिलो दिन गौरादह बजारका होलसेल पसलहरु अनुगमन गरेको छ । केही दिन भित्रमा नगरपालिका भित्रका अन्य बजारका पसलहरु पनि क्रमशः अनुगमन गर्दै जाने उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष दिलिप भण्डारीले जानकारी दिएका छन् ।

अनुगमनमा उपभोत्ता हित संरक्षण मञ्च, नगरपालिकाको टोली, गौरादह उद्योग वाणिज्य संघ र प्रहरी सहितको टोलीले अनुगमन गरि व्यापारीहरुलाई नियमित रुपमा सामग्री बिक्रि वितरण गर्न र एकै पटक धेरै परिमाणमा खरिद गर्न आएमा बिक्रि नगर्न सल्लाह दिएका थिए ।

अनुगमन टोलीले बजार अनुगमन गर्दा नगरपालिका भित्रका पसलहरुमा करिब २ महिना सम्म पुग्ने खाद्यान्न र औषधी रहेको निष्कर्श निकालेको छ । अनुगमन टोलीलाई व्यापारीहरुले अन्य खाद्यान्न सामग्री पुग्ने भएतापनि चिनिको अभाव रहेको जानकारी गराएका थिए । खुला सिमानाका कारण छिमेकी मित्र राष्ट्र भारत बाट तस्करीहरुले लुकाई छिपाई चिनि नेपाल तर्फ आयात गरि सस्तो मूल्यमा उपभोत्ताहरुलाई चिनि बिक्रि गर्दा होलसेल पसलमा चिनि खरिद गर्न ग्राहकहरु कम आउने भएकाले स्टक नगरिएको जानकारी गराएका थिए । उपभोत्ता हित संरक्षण समिति का संयोजक उपमेयर गिता भेट्वालको अध्यक्षतामा बजार अनुगमन गरिएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया