Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

शान्ति सुब्बा
गौरादह, ४ चैत्र । गौरादह नगरपालिकाले कोरोना भाइरसबारे जानकारी प्रदान गर्न र कोरोना भाइरसको संक्रमणबाट जोगिन गौरादहको डिपुचौकमा कोरोना भाइरस (हेल्प डेस्क) परामर्श तथा प्रारम्भिक प्रशिक्षण कक्ष मंगलबार(आज) बिहान स्थापना गरिएको छ ।

हेल्प डेस्क मार्फत स्वास्थ्यकर्मीहरुले कोरोना भाइरस सम्बन्धि परामर्श दिइने, सन्देशमुलक सामग्रीहरु वितरण गरिने छ भने, ज्वरो नाँप्ने यन्त्रले ज्वरो जाँच गर्नुका साथै हात धुन साबुन पानिको व्यवस्था गरिएको छ ।

जो सुकैव्यक्तिले  पनि ज्वरो रुघाखोकी जाँच गर्न सकिने र यदि जाँच गर्न आएका व्यक्तिलाई कोरोना भाइरसको लक्षण देखियो भने, उक्त बिरामीलाई धरान विपि प्रतिष्ठान, विराटनगर नोबेल कलेज र विराट मेडिकल कलेजमा थप उपचारको लागि पठाउने गौरादह नगर स्वास्थ्य सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिएका छन् ।

हेल्प डेस्कको गौरादह नगरपालिका का नगर प्रमुख रोहित कुमार शाहले उद्घाटन गरेका थिए । हेल्प डेस्कको उद्घाटन गर्दै ३ जना स्वास्थ्यकर्मीले आलोपालो गरेर बिहान १० देखि दिउँसो ४ बजेसम्म सेवा दिने गरि हेल्प डेस्क सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले कोरोना भाइरस सम्बन्धि सचेतना फैलाउने उद्देश्यका साथ हेल्प डेस्क स्थापना गरिएको जानकारी दिएका छन् । यस्तै, हेल्प डेस्कबाट सबै नागरिकहरुले बढी भन्दा बढी फाइदा उठाउन र यस तर्फ सबैले ध्यान दिनुपर्ने समेत बताए । डिपुमा बस स्टेसन रहेकोले पनि दिनहुँ विभिन्न मानिसहरुको आवत जावत हुने गरेकोले पनि सतर्कता अपनाइएको बताइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

गौरादह स्वास्थ्य चौकीबाट विनोद थापा, बैगुन्धुरा स्वास्थ्य चौकीबाट हेमन्त प्रधान र कोहबरा स्वास्थ्य चौकी बाट मदन तामाङले कोरोना भाइरस सम्बन्धि सचेतना मुलक जानकारी र ज्वरो जाँच गर्ने जनाइएको छ ।

हेल्प डेस्कमा कोरोना भाइरस के हो? यो कसरी सर्छ? यसका लक्षण, रोकथाम र बच्ने उपायहरुको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय गौरादहका प्रमुख विनोद श्रेष्ठ, जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।

हेल्प डेस्कमा स्वास्थ्यकर्मीहरुले आज ८२ पुरुष र ३१ महिला गरि ११३ जनाको स्वास्थ्य परीक्षण गरेको बैगुन्धुरा स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट हेमन्त प्रधानले जानकारी दिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया