Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरीगंज, ३ चैत्र । कोरोना भाइरसको सन्त्रास फैलिरहेको समयमा त्यसबाट सुरक्षीत हुन भारतीय सिमावार्ती क्षेत्र गौरीगंजमा विशेष तयारी अपनाइएको छ। गौरीगंज गाउँपालिका स्वास्थ्य शाखाले गाउँपालिका भित्र बसोवास गर्ने आम नागरिकहरुलाई कोरोना भाइरसबाट बच्न गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा गाउँपालिका स्तरीय प्रतिकार्य समिति गठन गरेको छ।

गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापाको अध्यक्षतामा संचालन गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले गौरीगंज गाउँपालिका सिमावर्ती क्षेत्र भएकाले विशेष सतर्कता अपनाउन जरुरी रहेको बताएका थिए। कोरोना भाइरसको सन्त्रास विश्वभर फैलिरहँदा नेपालमा हाल सम्म सजगता नअपनाइएकोमा सहभागीले आपति प्रकट गरेका थिए।

कोरोना भाइरस नेपालमा प्रवेश गर्न नदिन गौरीगंज गाउँपालिकाले नागरिकहरु समक्ष जनचेतनाका कार्यक्रम गरिरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी गराए।

गौरीगंज भारतीय सिमावर्ती क्षेत्र रहेको र खुल्ला सिमानाका कारण निर्वाध रुपमा ओहोर दोहोर भइरहने भएकाले गाउँपालिका भित्रका सबै नाकामा हेल्पडेक्स राखिने तयारी गरेको गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापाले जानकारी गराए।
गौरीगंज गाउँपालिका भित्र रहेका नेपाल भारत ओहोरदोहोर भइरहने फत्तेहपुर, देविगंज, कदमगाछी, बघाचौधरी र कुन्जिबारी को उपयुक्त स्थानमा स्वास्थ्यकर्मी सहितको हेल्पडेक्स चैत्र ५ गते भित्रमा राखिने जानकारी गराए।

गाउँपालिकाको कार्यालयमा भएको भेलाले सरकारी कार्यालय अगाडि हात धुने साबुनपानि राखिने र यहि चैत्र ६ गतेबाट संचालन हुन गहिरहेको एस.ई.ई परीक्षामा सहभागी सबै विद्यार्थीहरुलाई माक्सको व्यवस्था गर्ने निर्णय गरेको छ।
सो भेलाले आम नागरिकहरु समक्ष सन्त्रासको वातावरणमा नभई सचेतना मुलक र सन्देशको रुपमा माईकिङ गरि सावधानी अपनाउन सुचना प्रवाह गर्ने जानकारी गराए।

कोरोना भाइरस नियन्त्रणकालागि स्थानीय सरकारले आफ्नो ठाउँ बाट नागरिकलाई दिईने सेवामा कुनै प्रकारको कमि कमजोरी हुन नदिने गौरीगंज गाउँपालिका वडा नं.३ का वडाध्यक्ष मखना महत्तोले जानकारी गराए। स्थानीय सरकारले भाइरस चेकजाँचका लागि आवश्यक उपकरण स्वास्थ्यकर्मीको माग बमोजिम उपलब्ध गराउने र आवश्यकता अनुसार स्वास्थ्यकर्मी थप गर्न पनि सकिने उपाध्यक्ष दिपिन्द्र थापाले जानकारी गराए।

तपाईको प्रतिक्रिया