Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, २ चैत्र । गौरादह नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समितिले कोरोना भाइरसको संक्रमण प्रवेश गर्न नदिन विशेष तयारी सुरु गरेको छ। विश्व भर कोरोनाको संक्रमण फैलिरहदा गौरादह नगरपालिका भित्र प्रवेश गर्न नदिई त्यसको महामारीबाट सुरक्षित गराउन नगरबासिलाई जानकारी गराउने पूर्व तयारी गरेको विपद् व्यवस्थापन समितिका संयोजक हेमन्त कार्कीले जानकारी गराए।

विपद् व्यवस्थापन समितिले नागरिकलाई सचेत गराउन सहयोग पुग्ने पम्प्लेट, ब्यानर सबै वडामा टाँस गर्नुका साथै माईकिङ गर्ने, नगरपालिका भित्र रहेका सबै सरकारी कार्यलयहरुमा हात धुन साबुनपानीको व्यवस्था गरिनुका साथै सेवाग्राहीलाई समेत माक्स वितरण गर्ने,नगर भित्र रहेका गैर सरकारी संस्थालाई क्रियाशिल बनाई समन्वयात्मक भुमिका निर्वाह गर्ने, हेल्प डेक्सको व्यवस्था गर्दै आवश्यक सामग्री खरिद गर्ने, आइसोलेसनको लागि दमक नगरपालिका संग समन्वय गर्ने, नगरपालिका भित्र रहेका एम्बुलेन्सहरुलाई तयारी अवस्थामा राख्ने, बजारमा उपभोग्य सामानको अभाव हुन नदिन प्रहरी, उपभोक्ता हित मन्च र जनप्रतिनिधिहरुको बिशेष टोलिले अनुगमन गर्ने, सबै वडाको स्थानीय तहमा कोरोना प्रतिकार्य योजना तयार गर्ने, निर्णय गरेको छ।

गर्मी बढे संगै लाम्खुट्टेको प्रकोप बढीरहदा डेंगु रोग फैलिन नदिन आवश्यक कार्यका लागि नगर स्वास्थ्य शाखालाई जिम्मेवारी दिने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया