Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ३० फागुन । सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्वियूका निवर्तमान केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई करणीसम्बन्धी कसूरमा अदालतले साढे ८ वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार कैद सजायसहित एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति पीडितलाई दिनुपर्ने गरी फैसला गरेको हो ।

अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले इजलासले राईविरुद्धको अभियोग दाबी पुग्ने ठहर गरेको बताए । रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियू नेता राईले भाईटीकाको अघिल्लो दिन कात्तिक ११ गते आफ्नै साथीकी बहिनीलाई बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो ।

उनले देउसीभैलो खेल्न आउनू भनेर बोलाएको र मोटरसाइलमा माकलबारी स्थित आफन्तको डेरामा लगेर बलात्कार गरेको पीडितको भनाइ थियो ।

तपाईको प्रतिक्रिया