काठमाडौं, ३० फागुन । कोरोना संक्रमितको उपचारका लागि सरकारले सातवटै प्रदेशमा आईसीयू र आईसोलेसनसहितको विशेष पूर्वाधार निर्माण गर्ने भएको छ ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित उच्च स्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले कोरोना संक्रमण रोकथामका लागि प्रत्येक प्रदेशका कम्तीमा १/१ वटा रहने गरी आईसीयू र आइसोलेसन कक्षसहितको विशेष पूर्वाधार निर्माण गर्ने निर्णय गरेको हो ।

यसका लागि विस्तृत प्रस्ताव तयार पार्न समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले तयार पारेको प्रस्ताव समितिको अर्को बैठकमा पेस हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

समितिले यसका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।

 

तपाईको प्रतिक्रिया

Comments