Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

मोरङ, २९ फागुन । प्रदेश नं १ को सरकारले नोभेल कोरोना भाइरस ९कोभिड–१९० को रोकथाम, प्रतिरक्ष र उपचार व्यवस्थासम्बन्धी कार्ययोजना सार्वजनिक गरेको छ । मुुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सर्वदलीय बैठकपछि आज कार्ययोजना सार्वजिनक गरिएको हो ।

कार्ययोजनामा कोरोना भाइरस भनेको के हो ? यसका मुख्य लक्षणहरु, यसबाट कसरी आफू र अरुलाई बचाउने, यसको सङ्क्रमणवाट बच्न अपनाउनुपर्ने पूर्वसावधानी, प्रदेशको वस्तुस्थिति, वस्तुस्थितिको विश्लेषण, सम्भावित चुनौतीहरु र रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थाको उल्लेख गरिएको छ ।

भाइरस सङ्क्रमण फैलन नदिन प्रदेश सरकारले गरेको उच्च सावधानी, सीमा क्षेत्रमा गरिएको आवश्यक अनुगमन, उच्च सर्तकता, यसबाट बच्न अपनाउनुुपर्ने सावधानी तथा सम्भावित चुुनौतीका विषयलाई कार्ययोजनामा समेटिएको छ । प्रदेश नं १ सरकारले कोरोना भाइरस सङ्क्रमण यस क्षेत्रमा भित्रिन नदिनका लागि पाँचवटा सीमा नाका बिराटनगरको जोगवनी, भद्रपुुर, कांकरभिट्टा, पशुपति नगर, भण्टावारीमा जगेडा चालक र मेडिकल टोली खटाउनका साथै प्रदेश तहमा १० वटा जिल्लामा दुुई–दुुई वटा गरी २० वटा एम्बुुलेन्स तयारी अवस्थामा राख्ने सुुनसरीको श्रीलङ्का टप्पुु र मोरङको टाँडीमा क्वारेन्टटाइन स्थापना गर्ने, पहिलो चरणमा ५०० भन्दा ज्यादा चिकित्सकको टोली तयारी अवस्थामा राख्नुका साथै नेपाल प्रहरी तथा नेपाली सेनालाई तयारी अवस्थामा राख्ने कार्य योजनामा बनाएको छ ।

सो अवसरमा मुुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस सङ्क्रमण हुुन नदिन प्रदेश सरकारले ‘एक्सन प्लान’ बनाएर कार्यान्वयनका लागि अघि बढाईएकाले त्यसमा सहयोग गर्न दललाई आग्रह गरे । मुख्यमन्त्री राईले कोरोना भाइरसको नाममा कालाबजारी गर्न खोज्नेलाई कारवाही गरिने भन्दै व्यापारीलाई आवश्यक सामग्रीको कृतिम अभाव सिर्जना नगर्न आग्रह गरे ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले सीमा क्षेत्रमा रेलवाट आउने यात्रुलाइ ध्यान केन्द्रित गरेको भन्दै भाइरस सङ्क्रमण हुुन नदिन प्रदेश सरकारले आवश्यक उच्च सर्तकता अपनाएको जानकारी दिए । प्रदेश सदस्य जयराम यादवले प्रदेश सरकारले ल्याएको कार्ययोजनाको प्रशंसा गर्दै आवश्यक भोजभतेर, सभा सम्मेलनमा उच्च सतर्कता अपनाउन आउनुपर्नेमा जोड दिँदै सरकारले ल्याएको कार्ययोजनालाई सञ्चारमाध्यमले विशेष प्राथमिक दिनु आग्रह गरे ।रासस

तपाईको प्रतिक्रिया