मंगलबार, चैत्र १४, २०७९
Tuesday, March 28, 2023

गौरीगंज, २९ फागुन । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलाइ मातृशोक परेको छ । उनकी आमा खेमकुमारी श्रेष्ठको ७७ बर्षको उमेरमा बिहिवार निधन भएको हो। विगत केही समय अगाडिदेखि श्वास प्रस्वासमा समस्या भएपछि काठमणडौं स्थित नर्भिक अस्पतालमा उपचारकालागि लगिएको भएपनि उपचारका क्रममा नर्भिक अस्पतालमा बिहिवार बिहान ५ः३० बजे निधन भएको हो ।

फोक्सो सम्बन्धि रोगले पिडित भएकी मृतक श्रेष्ठलाई काठमाडौं स्थित नर्भिक अस्पतालमा उपचारका लागि विगत १५ दिनदेखि राखिएको थियो ।
कोशी अञ्चल तत्कालिन धरान नगरपञ्चायतमा जन्मनु भएकी सामाजिक तथा धार्मिक व्यक्तित्वकी धनी श्रेष्ठ यहाँको प्रतिष्ठित व्यवसायी स्व.भाईराजा श्रेष्ठसंग वैवाहिक बन्धनमा बाधिनु भएको थियो ।

उनका ४ छोरा बुहारीहरू बाबुराजा (विश्वलक्ष्मी , सानुराजा – रणिता , लक्ष्मण – जयन्ती र शशीराजा – सानुमाया श्रेष्ठ छन् भने एक छोरी ज्वाइँ गीता – दिपकशंकर मल्ल छन् । वि.सं.२००० साल चैत महिनामा जन्मनु भएकी मृतक श्रेष्ठको ६ नाती, ६ नातिनी र १ पनाति छन् । मृतक श्रेष्ठका नातीहरू विकल, सागर, राजिल, सक्षम, दिगेस शंकर, अनुपशंकर छन् भने नातिनीहरू वर्षा, सर्मिष्टा, नम्रता, कृतिका, लुजता जयना र पनाति शिवांस छन् ।

उनको पार्थिक शरिरलाई आज बेलुका झापा गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी स्थित निजी निवासमा ल्याइने र शुक्रबार फागुन ३० गते विहान ८:३० बजे गौरीगंज गाउँपालिका वार्ड नं.६ खजुरगाछी स्थित गेउरिया घाटमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया