Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २९ फागुन । नेपालमा कोरोना संक्रमणको आशंकामा ४५० जनाको स्वास्थ्य जाँच भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजि पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता विकास देवकोटाले ४५० जनाको स्वास्थ्य परीक्षण भएको जानकारी दिएका हुन्। ६ जना भने आइसोलेसनमा रहेको उनको भनाइ छ।

‘हामीले कोराना बिरामी लुकाएका छैनौं। यो भाइरस लुकाउन मिल्दैन’, प्रवक्ता देवकोटाले भने, ‘अहिलेसम्म ४५० जनामा परीक्षण भएको छ। ६ जना आइसोलेसनमा भर्ना भएका छन्।’

प्रवक्ता देवकोटाका अनुसार टेकुमा चार र पाटन अस्पतालमा दुई जनालाई आइसोलेसनमा राखिएको हो।

देवकोटाले कोरोना संक्रमणको महामारी अहिलेसम्म नेपालमा नदेखिएको प्रष्ट पारे। उनले अहिले काठमाडौंमै १५५ वटा आइसोलेसन तयारी अवस्थामा रहेकोसमेत जानकारी दिएका छन्।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया