Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, २८ फागुन । पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोटको आरोपमा एक जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा देवी बहादुर गुरुङ रहेका छन् । पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा बुधबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको थियो ।

 

उनी विप्लव समूहको भक्तपुर जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए ।

विप्लव नेकपाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटलामा संलग्न भएको सहित १० कारणले घरमा बम हान्नु परेको जनाएको छ । पूर्वमन्त्री बाँस्कोटाको घरको भुइँ तलामा बम बिस्फोट भएको हो भने बम बिस्फोटबाट एउटा मारुती कार पूर्ण क्षतिग्रस्त भएको छ ।

कार पूर्वमन्त्री बाँस्कोटाको छिमेकीको रहेको प्रहरीले जनाएको छ । मन्त्री बाँस्कोटा निवाससँगै रहेका अन्य घरमा समेत सामान्य क्षति भएको छ ।रातोपाटी

तपाईको प्रतिक्रिया