Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २६ फागुन । कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशका यात्रुमाथि अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ ।

कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

यसैबीच कतार एयरवेजले इटलीका लागि सबै उडान बन्द गरिसकेको छ । कतारमा १५ जना कोराना भाइरस संक्रमित भएको र जसमध्ये ३ जना आप्रवासी कामदार रहेको कतार सरकारले जनाएको छ ।

यद्यपि ती कुन देशका नागरिक हुन् भन्नेबारे खुलाइएको छैन । कतारमा झन्डै चार लाख नेपालीसहित सयभन्दा बढी मुलुकका कामदार रहेका छन् ।

कतार सरकारको यो निर्णयसँगै बैदेशिक रोजगारीमा जान ठिक्क परेका नेपालीहरु मर्कामा पर्ने देखिन्छ ।इमेजखबर

तपाईको प्रतिक्रिया