Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरीगंज, २५ फागुन । झापाको गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछीमा ११०औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर यस क्षेत्रका ६ जना जेष्ठ महिलाहरूलाई सम्मान गरिएको छ ।

गौरीगंजको महिला समितिले आयोजना गरेको कार्यक्रममा जेष्ठ महिलाहरू सकुन्तलित महतो, गंगा सुन्दास, जानुका विष्ट, गालोदेवी राजवंशी, गालो खातुन र जलेश्वरी यादवलाई खादा ओढाएर सम्मान गरेको छ ।

त्यस अवसरमा महिलाहरूबीचमा हाजिर जवाफ प्रतियोगितासमेत आयोजना गरिएको थियो । सो अवसरमा विजेता समुहलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा नेपाली लोक गीतमा नृत्य गरिएको थियो भने गीत समेत गाएका थिए ।

सोही अवसरमा कविता वाचन तथा अभिनय गरिएको थियो।कार्यक्रममा गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वार्ड सदस्य उदिम कुमार राई, महिला सशक्तिकरण गौरीगंजकि अध्यक्ष फुलबती राजवंशी, निर्मला दाहाल, निशा कोईराला लगायतले बोलेका थिए । गौरीगंज गाउँपालिका वार्ड नं. ६ कि वडा सदस्य तथा कार्यपालिका सदस्य राधा अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको औचित्यका बारेमा लक्ष्मी लुईटेलले बोलेकी थिईन भने सञ्चालन मञ्जु ढकालले गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया