Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झगेन्द्र खड्का
गौरादह, २५ फागुन । फागुन महिनाको अन्त्यतिर अविरल रुपमा पानी पर्दा किसानहरुलाई राहत भएपनि इटा उद्योगमा भने ठूलो नोक्सानी भएको छ। किसानहरूले यस समयमा भदै धान लगाउने समय भएकाले पानी पर्दा किसानहरुलाई भने फाईदा भएको छ।

धान रोप्न खेत तयार गरेका किसानलाई फाइदा भएपनि तोरी पाकेर उठाउने समय भएका किसानहरुलाई समस्या भएको छ।खेतमा तोरी पाकेर उठाउने समयमा पानी पर्दा भिजेर तोरी खेतमै नस्ट भएको छ। भदै धान लगाउन तयार भएका किसानहरुलाई आकाशबाट पानी पर्दा कम समय मोटरबाट पानी पटाउनु पर्दा फाईदा भएको छ। झापा जिल्लाको दक्षिणी क्षेत्रमा केही वर्ष अगाडिदेखि किसानहरूले व्यवसायिक रुपमा भदै धान लगाउने गरेका छन। भदै धान लगाउनकालागि नहर तथा अन्य सिंचाइको व्यवस्था नहुँदा जमिनमुनीबाट पम्पसिट वा मोटरको सहायताले तानिएको पानीको भरमा किसानहरूले धान रोप्दै आएका छन।

यस समयमा पटक पटक अविरल रुपमा पानी पर्दा किसानहरुलाई केही हदसम्म भएपनि राहत भएको छ। समग्रमा किसानहरुलाई फाईदा भएपनि दक्षिणी क्षेत्रमा संचालन भएका ईटा उद्योगीहरुले भने ठूलो नोक्सानी व्योहर्नु परेको छ। काचो माटोबाट इटाको आकार बनाई घाममा सुकाएको समयमा एक्कासी पानी पर्दा बनाएको इबिग्रीएको छ। पटकपटक अविरल वर्षा हुदा दक्षिणी क्षेत्रका ८ वटा इटा उद्योगमा करोडौ रुपैयाको क्षति भएको छ।

बेमौसमी पानीका कारण कमल गाउँपालिका र गौरादह नगरपालिका भित्रका इटा उद्योगहरु धरासाही बनेका छन। बेमौसमी पानीका कारण कतै राहत भएको छ भने कतै आहत भएको छ। गौरादह नगरपालिका भित्र तेज इटा, पि.बि.सी. इटा, टि.एम.टि. इटा र फाईन इटा उद्योग तथा कमल गाउँपालिका भित्र बाबा, झापाली, मेची र ए-वान इटा उद्योग रहेका छन। गौरादह नगरपालिका वडा नं.९ को तेज इटा उद्योग वडा नं.८ को पि.बि.सि.इटा उद्योगमा सबैभन्दा बढी क्षति भएको छ।

शिव शक्ति इटा उद्योगद्वारा उत्पादीत तेज इटा उद्योगमा बनाएर सुकाउन राखेका करिब ९ लाख इटा बिग्रिदा करिब ३० लाख बराबरको क्षति भएको उद्योगका प्रोप्राइटर सिताराम भट्टराई बताउछन। त्यसैगरी पन्चेस्वर इटा उद्योग प्रा.लि.द्वारा उत्पादित पि.बि.सि.इटा उद्योगमा पनि ३० लाख बराबरको क्षति भएको छ। बाबा, झापाली, मेची, ए-वान, टि.एम.टि. र फाईन इटा उद्योगमा भने करिब ७/७ लाख बराबरको क्षति भएको झापाली इटा उद्योगका प्रोप्राईटर भगवान बस्नेतले जानकारी गराए।

तपाईको प्रतिक्रिया