Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

धनकुटा, २४ फागुन । धनकुटा नगरपालिका–९ मुलघाटस्थित तमोर नदीमा सेल्फी खिच्ने क्रममा नदीले बगाएर आज दिउँसो एक युवक बेपत्ता भएका छन् ।

भारतको बिहार राज्यको पूर्णिया घर भई विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत भारतीय नागरिक भिनित कुमार नदी किनारमा सेल्फी खिच्ने क्रममा चिप्लिएर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुर्दशन प्रसाद कोइरालाले बताए ।

आफूसँगै अध्ययनरत साथीहरुसँग घुम्नको लागि मुलघाट आएका कुमारलाई सेल्फी खिच्ने क्रममा दिउँसो १२ः५० बजे नदीले बगाएको थियो । नदीले बगाएर बेपत्ता भएका कुमारको स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको भएपनि हालसम्म फेला नपरेको एसपी कोइरालाले बताए ।रातोपाटी

तपाईको प्रतिक्रिया