Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, २३ फागुन । गौरादह नगरपालिका वडा नं.८ स्थित अरुणोदय प्रा.वि.को व्यवस्थापन समितिको अध्यक्षमा पुनः सूर्य प्रसाद दाहाल सर्वसम्मत चयन भएका छन। अरुणोदय प्रा.वि.मा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा यस पटक सहित ७ औ पटक दाहाल सर्वसम्मत चयन भएका हुन्।

यसअघि दाहाल सोहि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा २०४८ साल देखि २०५३ साल सम्म, २०५५ साल देखि २०६४ साल सम्म, २०७३ साल देखि २०७६ साल सम्म अध्यक्ष पदमा चयन भएका थिए। यस पटक पनि ७ औं कार्यकालकालागि अध्यक्ष पदमा दाहाल सर्वसम्मत चयन भएका छन्।

फागुन १९ गते व्यवस्थापन गठन गर्न भएको अभिभावकहरुको भेलाले आरती बैरागी,पवन राजवंशी,देबसरी ताजपुरिया र खिर राजवंशीलाई सर्वसम्मत व्यवस्थापन समिति सदस्य पदमा चयन गरेका थिए।अभिभावकहरुबाट चयन भएका व्यवस्थापन समितिका सदस्यहरुले सूर्य प्रसाद दाहाल र दिलमाया राजवंशीलाई मनोनित भएका थिए।शिक्षक स्टाफको बैठकबाट शिक्षाक प्रतिनिधिमा ईन्द्र बहादुर कटुवाल सर्वसम्मत चयन भएका थिए।२०११ सालमा स्थापना भएको अरुणोदय प्रा.वि.मा दाहालले हाल सम्म सबै भन्दा बढी व्यवस्थापन समितिको अध्यक्ष पदको जिम्मेवारी सम्हालेका छन।

तपाईको प्रतिक्रिया