Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झगेन्द्र खड्का
गौरीगंज, २३ फागुन । झापा जिल्लाको दक्षिणी क्षेत्रबाट भद्रपुर-बिराटनगर जोड्ने हुलाकी सडकको निर्माण कार्य तिव्र रुपमा अगाडि बढेको छ। झापा जिल्लाको सदरमुकाम चन्द्रगढी र मोरङ जिल्लाको सदरमुकाम बिराटनगर जोड्ने छोटो बाटोको रुपमा लिइएको हुलाकी सडकलाई चौडा गर्ने काम तिव्र रुपमा अगाडि बढेको हो।

सडक भित्र रहेका कल्भर्ट निर्माण र सडक चौडा बढाई माटो भर्ने कार्य भइरहेको छ। रतुवा खोला देखि बिरिङ खोला सम्म निर्माण गरिने सडकमा जम्मा ३८ वटा कल्भर्ट नयाँ निर्माण गरिने जनाइएको छ।

हुलाकी सडक निर्माण कार्य तिव्र रुपमा अगाडि बढी रहदा स्थानीय बासिन्दा हर्षीत छन्। पुर्व पश्चिम राजमार्ग वा महेन्द्र राजमार्गको वैकल्पिक सडकको रुपमा लिइएको हुलाकी राजमार्ग निर्माण कार्य भइरहदा दक्षिणी क्षेत्रमा बसोबास गर्ने आम नागरिकहरुले यस क्षेत्रको मुहार फेरिने आशा गरेका छन। हुलाकी सडक चौडा गरिदा सडकमा परेका संरचना भत्काइएका छन्। सडक साँघुरो हुँदा सडक आसपासमा बनाईएका घर टहराहरु सडकलाई चौडा गरि फराकिलो बनाईदा घरहरु सडकमा परेका छन गौरीगंज गाउँपालिकाको खजुरगाछी र गौरीगंज बजारमा सडकको दुबै पट्टी रहेका घरहरु भत्किएका छन।

हुलाकी राजमार्ग निर्माणकोलागि नेपाल सरकारबाट बजेट बिनियोजन भई ठेक्का लागेपछि सडक निर्माणको प्रक्रिया सुरुभएको हो। नापी शाखाका सर्वेक्षक सुगम पाण्डेका अनुसार साविक रहेको सडकलाई आधार मानि त्यसको बिच भागबाट दुवैतर्फ १५-१५ मिटर चौडा बनाईने गरि नापी नक्सा गरि सडकको भाग छुट्टयाइएको बताए।

हुलाकी सडक निर्माण कार्यको लागि मोदीदान कन्ट्रक्सन सेवन प्रा.लि. काठमाडौं र हुलाकी राजमार्ग आयोजना इटहरीले जिम्मा पाएको छ । रतुवा खोला देखि पुर्वमा बिरिङ खोला सम्म २९ किलोमिटर रहेको र सडक निर्माण गर्न १ अरब ५० करोड रूपैयाँमा ठेक्काको जिम्मेवारी पाएको मोदीदान कन्ट्रक्सन प्रालिका प्रमुख राम बहादुर गौतमले बताए।

हुलाकी सडक निर्माणमा मुख्य बजार तथा मानिसहरुको भिडभाड हुने क्षेत्रमा ड्रेन बहेक ३० मिटर कालोपत्र र अन्य ठाउँमा ७ मिटर कालोपत्र र २.५ मिटर सडकको भाग रहने मोदीदानका प्रोजेक्ट मेनेजर दिपक श्रेष्ठले जानकारी गराए। हुलाकी सडकमा पर्ने मुख्य बजारहरु चिलारा, गौरीगंज,ठेकिटोला,तुलाचौन र झापा बजार क्षेत्रमा ३० मिटर कालोपत्र गरिने मेनेजर श्रेष्ठले बताए।

दक्षिणी क्षेत्रको विकासको मेरुदण्डको रुपमा लिइएको हुलाकी सडक निर्माण सम्पन्न पछि आवतजावतमा सहजता हुनुको साथै व्यापार व्यवसाय बढ्ने गौरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ बताउँछन्। लामो समयको प्रतीक्षा पछि हुलाकी सडक निर्माण कार्य सुरुभएकाले तोकिएको समय सिमा भित्र निर्माण कार्य सम्पन्न हुनुपर्ने गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा बताउछन।

तपाईको प्रतिक्रिया