Online Bichar
बुधबार, मंसिर १०, २०८३ | Wednesday, November 25, 2026

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत रुपमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई शुक्रबारदेखि हिँडडुल गराउन थालिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमसिंह खड्गाले जानकारी दिए ।

साथै प्रधानमन्त्रीओलीलाई ठोस आहार दिन थालिएको पनि कार्यकारी निर्देशक खड्‍गाले जानकारी दिए । प्रधानमन्त्रीओलीका सबै ‘भाइटल’ तथा ‘ल्याब’ सूचक सामान्य अवस्थामा रहेको पनि अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा पनि क्रमिकसुधार भइरहेको डाक्टर खड्‍गाले जानकारी दिए ।

ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौलाप्रत्यारोपण विभागका प्रा. डा. उत्तम शर्मा, प्रा.डा.प्रेम ज्ञवाली,डा. पवनराज चालिसे,डा. सुमन चापागाईं,डा.सुजित पौडेल र डा.मनीष प्रधानसँगै भारतीय डा.अनन्त कुमारलगायत संलग्न रहेका थिए।

प्रधानमन्त्री ओलीलेयसअघि २०६४ साल साउनमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका थिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments