Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, २३ फागुन । बालुवाटार जग्गा प्रकरणमा विशेष अदालत काठमाडौँले नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित ७४ जनालाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको छ ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले गत फागुन १९ गते म्याद जारी गरिएको भन्दै, ७४ जनालाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरिएको जानकारी दिए । उनका अनुसार गच्छदारसहित ७४ जनालाई ललिता निवासको सरकारी÷सार्वजनिक जग्गा हिनामिना प्रकरणमा अदालतले म्याद जारी गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।

ललिता निवास प्रकरणमा पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पनि विशेष अदालतले १५ दिने म्याद जारी गरेको हो । अख्तियारले गत माघ २२ गते पूर्वउपप्रधानमन्त्री गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।रातेपाटी

तपाईको प्रतिक्रिया