Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

दमक, २१ फागुन । झापाको कमल गाँउपालिका वडा नम्बर ५ मंगलवारे वजारमा आज साँझ सात वजे तिर आगलागी हुदाँ एउटा घरसहित दुई वटा छाप्रा जलेको छ ।
स्थानीय शेर वहादुर लिम्बुको घरमा भाडामा सञ्चालन गरिआएका रुकमणि ताजपुरियाको चिया पसलको ग्याँस चुहिएर चुल्होबाट एक्कासी निस्केको आगोले ताजपुरियासहित घरधनी लिम्बुका घर तथा छापा जलेर नष्ट भएको छ । आगोले चिया पसलको दुई वटा ग्याँस पडकिन पुगेको थियो । लिम्बुको काठको घरमा ताजुपुरियासहित पार्वती राजवंशी,चुर्की मर्डी सतार भाडामा व्यवसाय गरिआएको र आगोले सम्पूर्ण समान जलेर नष्ट हुन पुगेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले वताए ।

आगोले लाखौ मूल्य बरावरको धनमाल क्षति भएको प्रारिम्भक अनुमान रहेको प्रहरीको भनाई छ । आगो करिव १ घण्टा पछि दमक, गौरादहको वारुणयन्त्र र स्थानीयको सहयोगवाट नियन्त्रणमा आएको थियो ।

आगलागी शुरु भएको करिव ४० मिनेट ढिलो बारुणयन्त्र आएको थियो । समयमा वारुणयन्त्र नआउदाँ आगोले क्षति धेरै पुरयाँएको स्थानीयले वताएका छन् ।

यसैवीच आगलागी पीडित परिवारलाई रातीनै नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले राहत सामाग्री वितरण गरेको उपशाखा सभापति चन्द्र शाहले वताए । घटनास्थलमा पुगेर रेडक्रस टोलीले चारै परिवारलाई त्रिपाल,व्लाङकेट, भाडावर्तन गरि एक सेट राहतका सामाग्रीहरु वितरण गरेको छ ।

राहत हस्तान्तरणमा गाँउपालिका उपाध्यक्ष वेणु शिवाकोटी, कमल गाँउपालिका वडा नम्बर ५ का अध्यक्ष डम्बर वहादुर निरौला,रेडक्रसका कोषाध्यक्ष प्रमोद दाहाल, सामाजिक अगुवा हुकुमसिंह राई लगायत सहभागि थिए ।
राहत वितरणका क्रममा उपाध्यक्ष शिवाकोटीले गाँउपालिकाका तर्फवाट समेत आवश्यक सहयोग उपलव्ध गराउने प्रतिवद्धता जनाए । आगोलागीवाट विस्थापित भएका चारै परिवार छरछिमेकीका घरमा राखिएको शाहले वताए ।

यसैगरि, पीडित परिवारलाई थप राहत तथा पूर्नास्थापनामा सहयोग पुरयाँउन रेडक्रसको अगुवाई गर्ने निर्णय गरिएको उपशाखाका सचिव पारषमणि राईले वताए । पीडितहरुलाई भोलि विहिबार विहान रेडक्रसको अगुवाईमा खाद्य सामाग्रीहरु समेत वितरण गरिने तयारी गरिएको सचिव राईले जनाएका छन् ।हाम्रो दमक

तपाईको प्रतिक्रिया