Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेशन सम्पन्न भएको छ । त्रिवि शिक्षण अस्पताल उच्च स्रोतका अनुसार ओलीलाई केहीबेरअघि अप्रेशन थिएटरबाट निकालेर पोस्ट अपरेटिभ वार्डमा सारिएको छ । यस्तै ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलालाई पनि पोस्ट अपरेटिभ वार्डमा सारिएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार बिहान १० बजेदेखि अप्रेशन सुरु गरिएकोमा करिब ३ बजेतिर अप्रेशन सकिएको स्रोतको भनाइ छ । उनको अप्रेशनमा संलग्न एक चिकित्सकका अनुसार ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ ।

यसैबीच ओलीको मिर्गौला प्रत्यारोपणबारे अस्पतालले पत्रकार सम्मेलन गरेर जानकारी गराउँदै छ ।

प्राध्यापक डा अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट भएको छ ।

ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

मिर्गौला प्रत्यारोपणको नेतृत्व शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा डा उत्तमकुमार शर्मा र सोही विभागका वरिष्ठ सर्जन प्रा डा प्रेमराज ज्ञवालीले गरेका हुन् । यस्तै ‘ब्याक सपोर्ट’मा भारतीय चिकित्सक अनन्तकुमार रहेका थिए ।

ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदा डा अनन्तकुमारले नै गरेका थिए ।

 

तपाईको प्रतिक्रिया