Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, २० फागुन । पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्ण प्रसाद भटराईको आज ९ औं स्मृति दिवसको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः मिर्गौला प्रत्यारोपण को सफलताको कामना गर्दै नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आज(मंगलबार) साँझ दिप प्रज्वलन गरेको छ ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् । उनको बुधबार मिर्गौला प्रत्यारोपण गरिँदै छ ।

गौरादहको डिपु चोकमा प्रधानमन्त्रीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दिप प्रज्वलन गरिएको हो । गौरीगंज गाउँपालिका का उपाध्यक्ष दिपिन्द्र थापाको प्रमुख आतिथ्यतामा दिप प्रज्वलनको कार्यक्रम सम्पन्न गरिएको थियो ।

सो अवसरमा गौरादह कृषि क्याम्पसका नेविसंघका विद्यार्थीहरु, गौरादह बहुमुखी क्याम्पस नेविसंघका विद्यार्थीहरु र गौरादह नगर समिति नेविसंघ को सहभागितामा दिप प्रज्वलनको कार्यक्रम गरिएको नेविसंघका नेता तथा कोटेश्वर बहुमुखी २०६५ का स्ववीयु सभापति महेन्द्र भटराईले जानकारी दिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया