Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको बुधबार मृर्गौला प्रत्यारोपण हुने भएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले किडनी ट्रान्सप्लान्टबारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीले सचिवालयमा जानकारी गराए अनुसार सोमबार नै अस्पताल भर्ना हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गर्ने तयारी छ ।

प्रधानमन्त्री ओलीको यो दोस्रो मृगौला प्रत्यारोपण हो । बैठकले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेको पनि श्रेष्ठले जानकारी दिए ।

त्यसबाहेक सचिवालय बैठकमा अन्य विषयमा कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए ।

राष्ट्रियसभा सदस्यमा नेता वामदेव गौतम या युवराज खतिवडा कसलाई पठाउने भन्ने विषयमा नेकपामा विवाद भएपनि बैठकमा यसबारे कुनै छलफल नभएको नेताहरुले बताएका छन् । राष्ट्रिय सभा सदस्यबारे सोधिएको प्रश्नमा प्रवक्ता श्रेष्ठले ‘निर्णय भैसकेको विषयमा थप छलफल गर्नु नपर्ने’ प्रतिकृया दिए । यो सँगै राष्ट्रिय सभामा गौतम नै जाने निश्चित भएको छ ।रातोपाटी

तपाईको प्रतिक्रिया