Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, १५ फागुन । महान्यायाधिवक्ता अग्नि खरेलले सबै नागरिकले स्थानिय स्तरमै सहज रुपमा स्वास्थ्य सेवा पाउने बताएका छन्।गौरादह नगरपालिका वार्ड नं. ५ को महारानी झोडा स्वास्थ्य चौकी भवनको उद्वघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा महान्यायाधिवक्ता खरेलले स्वास्थ्य जस्तो अति संवेदनशील विषयमा नागरिकलाई उपचार गर्न शहरसम्म धाउन नपर्ने किसिमको व्यवस्था स्थानीयतहमै हुनुपर्ने धारणा राखेका थिए।

स्थानिय स्तरमा प्रत्येक वडाहरूमा स्वास्थ्य चौकी भवन निर्माण भई नागरिकलाई स्वास्थ्य सेवा दिई रहेकाले प्राथमिक स्वास्थ्य केन्द्रहरूलाई स्तरोन्नति गरि आकस्मिक सेवा सहितको अस्पतालमा परिणत गरिनु वर्तमान समयको आवश्यकता रहेको बताएका छन् । पुर्व कानुन मन्त्री समेत रहेका खरेलले झापा जिल्ला कृषिका लागि उर्वरी भुमि भएकाले रोजगारीका अवसर समेत सिर्जना गराउन कृषिमा आधुनिकिकरण आवश्यक रहेको बताए ।

गाउँ गाउँमा सडक संजाल विस्तार बिस्तार भइरहेकाले यतायतको सुविधा भइसकेकाले अब स्वास्थ्य सेवा समेत गाउँमै पाईने बताएका छन। पछिल्लो समयमा सबै सुविधा गाउँमा पाइन थालेकाले गाउँ नै रमाईलो भएकाले आफुपनि गाउँमा फर्केर जनताको सेवामा समर्पित रहने धारणा राखेका थिए।

गौरादह नगरपालिका वार्ड नं. ५ को महारानीझोडामा क्वाटर, तालिम हल, ट्वाईलेट बाथरूम सहितको २ तले सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन एक वर्ष अघि निर्माण भएको थियो । स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानियवासीहरूले ५ कठ्ठा जग्गा निशुल्क दान दिएका थिए । सोही स्थानमा भवन निर्माणका लागि नेपाल सरकारबाट विनियोजित भएको २ करोड रूपैयाँबाट भवन निर्माण भएको स्वास्थ्य चौकी प्रमुख भानुभक्त दाहालले जानकारी गराए ।

वार्ड नं. ५ का अध्यक्ष छत्रपति सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य दिपक कार्की विशिष्ट अतिथि रहेका थिए । त्यस अवसरमा गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार साह, उपप्रमुख गिता भेटवाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । वार्ड नं. ५ का वडा सदस्य कपिलमणि काफ्लेले स्वागत मन्तब्य राखेको कार्यक्रममा स्कुल चौन माविका शिक्षक खगेन्द्र न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया