Online Bichar
सोमबार, मंसिर ०८, २०८३ | Monday, November 23, 2026

धनुषा, १२ फागुन । मुख्यमन्त्री लालबावु राउतले कृषिलाई औद्योगिकीकरण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरद्वारा आज यहाँ आयोजित खाद्य मेलाको समापन समारोहमा मुख्यमन्त्री राउतले मुलुक कृषिप्रधान मुलुक रहेपनि कृषिको औद्योगिकीकरण हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरे ।

खाद्य मेलाले कृषि उत्पादनलाई कसरी औद्योगिकीकरण गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने बताउँदै उनले यस मेलाको माध्यमबाट कृषि क्षेत्रको विषयमा जानकारी प्राप्त भएको बताए । मुख्यमन्त्री राउतले प्रदेश नं २ का किसानलाई मेलाको माध्यमबाट सिकेको ज्ञानलाई सदुपयोग गरी कृषि क्षेत्रको विकासतर्फ अग्रसर हुनुपर्ने विषयमा जोड दिए । मुलुकमा कृषि क्षेत्रको उत्थानका लागि सरकारले दिने गरेको अनुदान किसानकै खातामा पुग्न नसकेको उल्लेख गर्दै उनले कृषि क्षेत्रमा देखिएका बिचौलियालाई निरुत्साहित गर्न योजना ल्याउनुपर्ने धारणा राखे ।

सो अवसरमा मेलामा सहभागी स्टलमध्ये उत्कृष्ट भएकालाई पुररस्कार प्रदान गरिएको थियो । ‘परम्परागत, पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौँ, असल पोषणका लागि खानेबानीमा सुधार गरौँ’ भन्ने मूल नाराका साथ यही फागुन १० गतेदेखि मेला सञ्चालन भएको थियो ।रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments