Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, ११ फागुन । अर्थमन्त्री युवराज खतिवडाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएपछि गोकुल बास्कोटाले राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी पाएका खतिवडाले आइतबार पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण कार्यक्रममा मन्त्री खतिवडाले सरकारी सञ्चारमाध्यम देशभरका जनताको साझा माध्यम भएकाले सन्तुलित सूचना प्रवाह गर्न निर्देशन दिएका छन् । सरकारी सञ्चार माध्यमले सरकारको मात्रै गुणगान गाउनुपर्छ भन्ने मान्यता सरकारले नराख्नुले उल्लेख गर्दै खतिवडाले राज्य सञ्चालनमा जनताले निर्वाह गर्ने भूमिका र त्यसले समावेशी विकासमा पु¥याउने योगदानलाई मध्यनगर गर्दै सूचना सम्प्रेशण गर्न आग्रह गरेका छन् ।

मन्त्री खतिवडाले लोकतन्त्र बलियो बनाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने बताएका छन् । सरकारले गरेका राम्रा र नराम्रा दुबै कामहरु जनतामाझ पु¥याउने जिम्मेवारीमा रहेका सञ्चारमाध्यमले राम्रालाई नराम्रा र नराम्रा कामलाई राम्रा काम भनेर नपु¥याउन पनि आग्रह गरे ।

तपाईको प्रतिक्रिया