Online Bichar
सोमबार, जेठ १५, २०८० | Monday, May 29, 2023

काठमाडौं, ७ फागुन । प्रहरी कार्यालय ओखलढुङ्गाका तत्कालीन प्रहरी नायव निरीक्षक मुकुन्दप्रसाद उपाध्याय (ढकाल) को नक्कली प्रमाण-पत्र भएको तथ्य फेला परेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा ढकालले सेवा प्रदेश र बढुवामा पेश गरेको शैक्षिक प्रमाण(पत्र नक्कली रहेको पाइएको हो।

२०५१ सालमा बढुवाका लागि उनले नक्कली प्रमाण(पत्र पेश गरी २०५८ सालमा प्रहरी सहायक निरीक्षक र २०६३ माघ २९ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भएर सुविधा लिएको अख्तियारले जनाएको छ।

अख्तियारले ढकालविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया