Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गौरादह, ७ फागुन । गौरादह-२ स्थित सुरज शिक्षा प्रतिष्ठानले आज (बुधबार) साँस्कृतिक सप्ताहको समापन कार्यक्रम सम्पन्न गरेको छ । सुरज शिक्षा प्रतिष्ठान त्रिभद्र सदनको आयोजनामा गरिएको कार्यक्रममा विद्यालयले ४ गते आइतबार बाट कार्यक्रम सञ्चालन गरेता पनि आज प्रजातन्त्र दिवसको अवसर पारेर समापन कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रोज्वल क्याम्पस प्रमुख सुरेश बहादुर पौडेलले शहिदहरुको फोटोमा माल्यार्पण गरेर समापन कार्यक्रमको उद्घाटन गरेका थिए ।

पहिलो दिन आइतबार सोही विद्यालयमा अध्यनरत विद्यार्थी भाईबहिनिहरु बिच क्वीज प्रतियोगिता, दोस्रो दिन नृत्य प्रतियोगिता गरेको थियो भने मंगलबार चित्रकला प्रतियोगिता आयोजना गरि विजेता भाई बहिनिहरुलाई पुरस्कृत गरिएको जनाइएको छ ।

विद्यालयको प्राङगणमा सम्पन्न कार्यक्रममा विद्यार्थी भाइबहिनिहरुलाई आफ्नो संस्कृति जगेर्ना गराउने उद्देश्य का साथै उनिहरुमा भएको प्रतिभा उजागर गर्न सो कार्यक्रमको आयोजना गरिएको सुरज शिक्षा प्रतिष्ठानका संस्थापक तथा कार्यक्रमका सभापति भोजराज दाहालले जानकारी दिए ।

त्यसअवसरमा सुरज शिक्षा प्रतिष्ठानका उपनिर्देशक गुणराज पौडेलले विद्यालयको गतिविधि र भावी योजनाको बारेमा जानकारी गराएका थिए । उनले यस विद्यालयमा क्रियाकलापमुखी र विद्यार्थीको मनोभावना समेटेर विद्यालयमा शिक्षण सिकाईएको पाइएको बताए । उनले भावी योजनाका बारेमा बताउँदै अबका दिनमा विद्यालयका शैक्षिक क्रियाकलापलाई परिवर्तन गर्दै लैजाने, शैक्षिक सामग्रीको प्रयोग गरेर विद्यार्थीलाई विद्यालयमा अडियो भिडियोका कक्षाहरु सञ्चालन मा ल्याइने, विद्यालयमा साइन्स ल्याब भएकोले त्यसलाइ अझ व्यवस्थित गदै लैजाने बताएका छन् ।

प्रत्येक कक्षालाई अतिरिक्त क्रियाकलाप सँग जोड्ने जमर्को गरिरहेको बताउँदै अन्त्यको दुई घण्टीलाई अतिरिक्त क्रियाकलापहरुको लागि भनेर छुट्याइने बताए । जसले गर्दा स साना विद्यार्थी भाइबहिनिहरुलाई स्टेजमा आएर आफ्ना मनमा लागेका कुरा निडर भई व्यक्त गर्न सकुन् भनेर अतिरिक्त क्रियाकलापलाई विशेष जोड दिइने बताए । यस्तै ४ र ५ कक्षामा अध्यनरत विद्यार्थी भाइबहिनिहरुलाई वर्षको एक पटक शैक्षिक भ्रमणमा लगिदैं आएको र यसले गर्दा विद्यार्थीहरु एक आपसमा घुलमिल हुन सक्ने, आत्मविश्वास मा वृद्धि गराउन महत्वपूर्ण भुमिका खेलेको बताएका छन् ।

अबको भावी योजनामा कक्षा ८ सम्म विद्यालयलाई पुर्याउने जमर्को गरिरहेको बताए । प्रविधि र संस्कार युक्त कक्षा आजको आवश्यकता रहेको बताउँदै प्रविधिका लागि कम्पयूटर कक्षालाई व्यवस्थित गर्दै लाने पौडेलले बताए ।

सो अवसरमा स साना विद्यार्थी भाईबहिनिहरुले विभिन्न भेषभुषामा सजिएर सांस्कृतिक लोक नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीका अभिभावकहरु, विभिन्न संघ संस्थामा आबद्ध व्यक्ति तथा विद्यालयका शिक्षकहरु लगायतको उपस्थित रहेको थियो । सुरज शिक्षा प्रतिष्ठानका प्रबन्धक सुस्मा दाहालले कार्यक्रम सञ्चालन गरेकि थिइन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया