Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, ६ फागुन । गौरादह उद्योग वाणिज्य संघको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गौरादह उद्योग वाणिज्य संघको भवनमा भएको कार्र्यक्रममा गौरादह उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जिवन राईले नव अध्यक्ष जित बहादुर कार्की (जेबी)लाई पद हस्तान्तरण गरेका हुन् ।

आज(मंगलबार)आयोजित पद स्थापन कार्यक्रममा निर्वाचन समितिका संयोजक बाबुराम भण्डारीले निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपानियताको सपथ ग्रहण गराएका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

माघ २५ गते निर्विरोध निर्वाचित भएको अध्यक्षमा जित बहादुर कार्की (जेबी) र अन्य १५ सदस्यीय कार्य समिति तथा ३ सदस्यीय लेखा समिति निर्विरोध निर्वाचित भएका थिए । नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा व्यवसायी भुपालराज कट्वाल, द्वितीय उपाध्यक्षमा निर्मल बास्तोला, तृतीय उपाध्यक्षमा बिरेन्द्र बस्नेत, महासचिवमा अशोक चुडाल र कोषाध्यक्षमा प्रकाश बास्कोटा निर्विरोध निर्वाचित भएका थिए।त्यसैगरी सदस्यहरूमा इन्दिरा बिष्ट, रुकमणी लुइँटेल कोइराला, चन्द्रमणी गौतम, हरि कार्की, कृष्ण बराल, इश्वर कुमार खत्री, टंक बहादुर कार्की, सोमराज सिलवाल, समीर बस्नेत निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका सदस्य डण्डिराज घिमिरेले जानकारी गराए।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कार्कीले आन्तरिक व्यवस्थापनलाई अझ सुदृढ र समय सापेक्ष मजबुत बनाउने, व्यवसायीको हक हितका सन्दर्भमा भने व्यवसायीहरु बीचका समस्याहरुको पहिचान गरि त्यसलाई निर्मुल पार्दै व्यवसायी प्रर्वद्धनमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै शिक्षा तथा स्वास्थ्य समिति , भौतिक तथा पुर्वाधार समिति, कृषि तथा पर्यटन विकास समिति निर्धारण गर्ने जनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य दिपक कार्कीले नवनिर्वाचित पदाधिकारीहरुलाई राजनीतिबाट मुक्त भई स्वार्थ भन्दा माथि उठेर उद्योग वाणिज्य संघले व्यवसायीहरूको हक हितको लागि र नगरभित्रका बजारहरूमा सहजरूपमा व्यवसाय गर्ने वातावरण बनाउँदै गौरादह नगरको समग्र विकासमा उद्योग वाणिज्य संघ लाग्नु पर्ने धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य उमेश डालमिया,गौरादह नगरका प्रमुख रोहित कुमार साह, नेकाका यादवराज सेढाई, नेकपाका मित्रदेव काफ्लेलगायतले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रमको सञ्चालन निर्वाचन समिती सदस्य वद्री कार्कीले गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया