Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

झगेन्द्र खड्का
गौरीगंज, ३१ जेठ – झापाको गौरीगंज गाउँपालीकामा रहेको आठमौजा छोटी भन्सार कार्यालयमा कर्मचारीहरुको दरबन्दी रहेपनि कार्यालय सहयोगी को भरमा चलेको छ ।

नेपाल सरकारले अवैध सामाग्रीहरु नेपाल भारत सीमाना मा आयात निर्यात नियन्त्रण गरी राजस्व संकलन गर्ने उद्देश्यले भन्सार कार्यालय राखेपनि माथिल्लो तहका कर्मचारी बस्तैनन् । भन्सारमा कार्यालय खोल्ने र बन्द गर्ने कार्यालय सहयोगीहरु मात्र बस्दा सोचे अनुसारको राजश्व संकलन हुन सकेको छैन ।

भारत सँगै सीमा जोडिएको गौरीगंज गाउँपालीका को साथै आसपासका क्षेत्रमा रहेका बजार क्षेत्रको व्यापार व्यवसायलाइ बढाउन छोटी भन्सार कार्यालयको स्तरोन्ँनती गर्न स्थानीय बासीहरुले माग गरीरहेका छन्। गौरीगंजको खजुरगाछीमा छोटी भन्सार कार्यालय रहेपनि गौरीगंजको वैरीया क्षेत्रमा हालसम्म भन्सार कार्यालय छैन। गौरीगंज उद्योग वाणीज्य संघको अगुवाइमा संघका अध्यक्ष मखना महतो गैदार को नेतृत्वमा मेची भन्सार कार्यालय काँकडभिट्टा पुगी छोटी भन्सार कार्यालयको अवस्थाको बारेमा जानकारी गराएका थिए।

टोलीले गौरीगंज वैरीया क्षेत्रमा भन्सार घुम्ती टोली राखीनु पर्ने, ५०हजार सम्मको भन्सार काटिनुपर्ने, भारतीय नम्बर प्लेटका गाडीहरु नेपाल प्रवेश गर्दा पटके पुर्जी काट्न इजाजत दीनुपर्ने माग राखेका थिए।

त्यसअवसरमा तत्कालीन मेची भन्सार कार्यालय काँकड्भिट्टाका प्रमुख भिम अधिकारीले त्यसका लागी भन्सार कार्यालय सकारात्मक रहेको जानकारी गराएका थिए। छोटी भन्सार कार्यालयको पुरानो भवन जीर्ण बनेपछि सोही स्थानमा नयाँ भवन समेत बनेको छ। भन्सारमा एकजना नासु सहित दुइजना कार्यालय सहयोगीको दरबन्दी रहेको छ।

केही वर्ष पहिले दरबन्दी अनुसारका कर्मचारीहरु बसेर भन्सार काट्ने गरेका थीए। पछिल्लो समयमा पालै पालो कार्यालय सहयोगीहरु मात्र बस्ने गरेका छन्।

भन्सार पुर्जी समेत काट्न नसक्ने केही कार्यालय सहयोगीहरु ब्स्दा राजस्व समेत घट्ने गरेको स्थानीयबासी हरु बताउँछन्।
गौरीगंजमा छोटी भन्सार कार्यालय रहेपनि भारत तर्फ भन्सार कार्यालय नरहेकाले कार्यालय सहयोगी मात्र पठाएको र आवश्यक परेमा माथिल्लो तहको कर्र्मचारी तुरुन्त पठाइने मेची भन्सार कार्यालय काँकड्भिट्टाका प्रमुख टेक बहादुर अर्यालले बताए।

भन्सारमा नियमित रुपमा कर्मचारीहरु बसेर भारत बाट नेपाल तर्फ भित्रने सामानहरुको भन्सार काट्दा व्यापार व्यवसाय समेत बढ्नुका साथै राजश्व समेत सोचे भन्दा बढि संकलन हुने स्थानीय बासीहरु बताउँछन्।

गौरीगंज क्षेत्रमा भारतीय नम्बर प्लेटका २चक्के र ४चक्के सवारी का साधनहरु प्रशस्त मात्रामा आउने तर पटके पुर्जी काट्न इजाजत नहुँदा राजश्व समेत घटेको गौरीगंज उद्योग वाणीज्य संघका अध्यक्ष महतो बताउँछन्।

गौरीगंज क्षेत्रमा भारत सँग सीमाना जोडिएका दुइवटा नाका रहेकाले दुवै नाकामा भन्सार कार्यालय राख्न आवश्यक छ। दुवै नाकामा भन्सार कार्यालय राखेमा कर छली को सम्भावना घट्नुको साथै राजश्व वृद्धि हुने अनुमान गर्न सकीन्छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments