Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गौरादह, १ फागुन । गौरादह नगरपालिका वडा नं. १ स्थित सैनिकटोलमा रहेको मोक्षेश्वर शिवालय मन्दिरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञको पहिलो दिन बिहिबार उल्लेख्य रुपमा भक्तजनहरुको सहभागितामा शोभा कलश यात्रा निकालिएको थियो ।

कलश यात्रामा दुर्गा मन्दिर, रामजानकी मन्दिर, गौरी शंकर भजन कृतन मण्डली, सितापुरी कृषि समूह र अमर आधारभुत विद्यालय, विभिन्न संस्थाहरु आ आफ्नो ब्यानर सहित सहभागिता रहेको थियो । भक्तजनहरुले मन्दिर परिसर बाट डिपु, गौरादह बजार परिक्रमा गरी पुनः महायज्ञ स्थलमा पुगेर कलशयात्रा समापन गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

अघिल्लो वर्ष श्री शिव महापुराणको माध्यमबाट भक्तजनहरुको दानबाट मोक्षेश्वर शिवालय मन्दिर निर्माण कार्य सम्पन्न भएकोले मन्दिरमा दैनिक पुजाआजा संचालन गरिने, फागुन ९ गते महा शिवरात्रीका दिन मुर्ति प्राण प्रतिष्ठा सम्पन्न गर्नुपर्ने कार्यक्रम तय गरिएको साथै नव निर्मित मन्दिर परिसरका ३ वर्ष लगातार महापुराण सम्पन्न गर्न अठोटका साथ श्रीमद देवी भागवत नवाह ज्ञान महायज्ञ शुरु गरिएको जनाइएको छ ।

महायज्ञमा आचार्य श्री आषुतोष खनाल र पण्डीत दुर्गा प्रसाद दाहाल बाट महापुराण कथा प्रवचन हुनेछ । महायज्ञमा प्रत्येक साँझ पूजा अर्चना, आरती, पुष्पाञ्जली, मूलपाठ परायण, कथा प्रवचन, झाँकी प्रदर्शन र ८ गते साँझ लक्षवर्ती दीप प्रज्वलन, जाग्राम गरिनेछ । श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ मूल आयोजक समितिले आयोजना गरेको महायज्ञमा पुराणको माध्यमबाट ज्ञान आर्जन र निर्माण सम्पन्न मन्दिरको पुण्य भुमिलाई धार्मिक स्थलको रुपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा सम्पूर्ण भक्तजनलाई उपस्थित हुन आग्रह समेत गरिएको छ ।

महायज्ञ फागुन ९ गते प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले नवनिर्मित मन्दिरको उद्घाटन गरि समापन हुने महायज्ञ का आर्थिक संयोजक टंक कार्कीले जानकारी दिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया