शुक्रबार, चैत्र १७, २०७९
Friday, March 31, 2023

भक्तपुर, १ फागुन । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंलाई साधारण तारेखमा छोडेको छ । प्रशासन कार्यालयले माघ २ गते अभद्र व्यवहार गरेको उजुरीमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख सविन प्रधानका अनुसार प्रहरीले आइतबार जिल्ला सरकारी वकिललाई प्रसाईंविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो। त्यसपछि सरकारी वकिल कार्यालयले जिल्ला प्रशासनमा मुद्दा दर्ता गरेको थियो।

एसपी प्रधानका अनुसार प्रसाईंले मंगलबार प्रशासन कार्यालयमा गएर बयान दिएका थिए। भक्तपुरका साहयक सीडीओ दीलिप लामिछानेले प्रसाईंको बयान पछि उनलाई साधारण तारेखमा छोड्ने आदेश दिइएको पुष्टि गरे।

प्रसाईंले आफूविरुद्ध अभद्र व्यवहार, गाली बेइज्जती तथा मानहानी गरेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले उजुरी दिएका थिए।कान्तिपुर

तपाईको प्रतिक्रिया