Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

कविता

खगेन्द्र नेउपाने

ए !
तिमी अझै रातीसम्म
ओछ्यानमा ढल्केर कविता कोर्दैछौ ?
देश त परिवर्तन भैसक्यो कान्छा !
विकाश धेरै अगाडी गैसक्यो कान्छा !

यहाँ अब पोथीहरु
नाथे दस रुपियाँको अण्डाको लागि
आफ्नू फिगर नबिगार्ने भैसके
सयौं भालेहरु आफ्नू भाउ बढाउँन
हजारौं चल्ला मार्ने भैसके
खसीहरु खस्किन थालिसके
बोकाको भाउ बढेकोछ
बार्दलीदेखि सडकसम्म कुकुरको जुलुस छ
भान्सामा प्याजको गर्मी चढेको छ
यहाँ देश परिवर्तन भैसक्यो कान्छा !
विकाश धेरै अगाडी गैसक्यो कान्छा !

संसदमा छिर्नुभन्दा पहिले
सरकारको विधेयक चिया पसलभित्र छिर्छ
सन्धी सम्झौताका अदृश्य फाइलहरुले
मध्यम वर्गीयहरुलाई पिर्छ
यहाँ न्यायाधीशको इजलास बस्नुभन्दा पहिले
भट्टीभित्र निर्णय गरिन्छ
हुन्छ भन्नेहरु हुन्न भन्नेहरुमाथि
हुन्न भन्नेहरु हुन्छ भन्नेहरुमाथि
असमयमै हात उठाउँछन्
यहाँ जित्नेहरु हार्नेको सरमाथि बोतल फुटाउँछन्
देश त परिवर्तन भैसक्यो कान्छा !

चितुवा समाउँन बाख्राको पासो थापिन्छ
किसानको बाख्रा टोक्ने बेवारिसे कुकुर मार्दा
पशु अधिकारवादीहरुको लेख छापिन्छ
आदर्शका किताबहरु पढीनभ्याउँनु छ
आजभोलि सबैतिर
कागजी घोडा दौडिंदैछन्
भत्किएको सडकमा टक टक टक ……।

कार्यपत्र
योजना
गोष्ठी सेमिनार
खरिद खाजा
अतिथि सत्कार
ब्याज खादा माला मारामार
बोराका बोरा प्रिन्टेड उपलब्धि
विकाश त भैसक्यो कान्छा !

पिकनिक पार्टी भोज
आज यहाँ भोलि वाहाँ भ्रमण खर्च
फोटो फ्रेम तथाकथित सम्मान
आजभोलि सबैतिर
कागजी घोडा दौडिंदैछन्
नक्कली किसानहरु
खादा मालामा सजिएर
प्लाष्टिकक फूलहरु फुलाउँदैछन्
हाइब्रिड काउलीका किराहरु जस्तै
बेमौसमी लार्भा कोरल्दैछन्
सरकारी नम्बरवाला गाडीका चक्काहरुले
तेलको फित्ता फुकाएर
योजनाको किताब नाप्दैछन्
धेरैपल्ट नाच्न नजानेको अभिब्यञ्जनामा
उपलब्ध आँगनलाई सराप्दैछन ।
अनुगमनको मोटो रकमी डस्नामाथि बसेर
अवसरको माल पल्टाउँनेहरु
अरुलाई अवसरवादीको विल्ला लगाउँदैछन्
गाली गर्दैछन्
चिच्याउँदैछन्
परिवर
गौरादह, झापा

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments