किरण भेट्वाल, झापा

निस्पट्ट कालो डरलाग्दो
तिम्रो रुप अनि पलभरको
बिस्पोटक चमक
त्यस् पश्चातको बिद्रोही चिच्याहट
जब म देख्छु अनि सुन्छु,
म कहालीले बिछिप्त हुन्छु,
आवाज हराउँछ,
हुँन्छ त केवल पिडा,
लाग्छ त केवल डर ।
जब तिमी स्वतन्त्र भै
चमक छर्दै गर्जन्छौ,
मेरो स्वतन्त्रता हराए जस्तै लाग्छ,
अनि कुना पसेर पिरोलिन्छु
तर तिम्रो अथाहा शक्ति सामु
मेरा आँखा छोप्ने परेलिहरु
र कान थुन्ने चोरी औँलाहरु
परारस्त हुन्छन् ।
तिम्रो तेजिलो चमक
मेरा बन्द आँखाले
अनि हृदयबिदारक चित्कार
मेरा बन्द कानहरुले चाल पाउँछन्
अनि
म खङ्रङ्ग हुन्छु
ठ्याक्कै चितुवाले देखेको मृग जस्तै
हुन त तिम्रो शितलता अवर्णनीय छ
यद्यपि तिमी चडङ्ङ चड्किन्छौ
मेरो चाहना बिपरीत
मलाई प्रताडीत तुल्याएर ।

तपाईको प्रतिक्रिया

Comments