Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

प्रत्येक बर्ष फ्रिज हुन्छ ल्याण्ड फिल्ड साइड निर्माणको बजेट किन ?

डण्डिराज घिमिरे

झापा, १० पुस । नेपाल सरकारले सन् २०२० लाई भ्रमण बर्षको रुपमा मनाउन भब्य तयारी गरेको बेला गौरादह नगरपालिका भने फोहोरको डंगुरमा कुरुप छ । गौरादह नामको पहिचान संग जोडिएका सुन्दर दह तथा पोखरीहरुमा बषौंदेखि नगरपालिकाकै अगुवाइमा फोहोर बिसर्जन हुनेगरेको छ ।

गौरादहको मुख्य बजार क्षेत्रमा ११ बिघा क्षेत्रफलमा फैलिएका पोखरीको दक्षिण पुर्व डिल वडा नं. १ को वडा कार्यलयको परिसर भित्र पर्छ । त्यहाँ अहिले पनि फोहोर फाल्न ठूलो खाडल खनिएको छ भने खाडलको छेउमै फोहोरको डंगुर थुपारिएको छ । अघोसित रुपमा भने गौरादह डिपुचोकबाट १०० मिटर उत्तर मुख्य सडक छेउमै पनि फोहोर थुपारिने गरिएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

बिगत देखिनै गौरादह नगरपालिकाको फोहोर ब्यवस्थापनको भार बहन गर्दैरहेका दह तथा पोखरीहरुको ब्यवस्थापन तथा पर्यटन शीर्षकमा केही बर्ष देखि निरन्तर मोटो रकम पनि बिनियोजन हुने गरेको छ । जनप्रतिनिधिहरुको प्राथमिकतामा डम्पिङसाइट निर्माणको योजना नपर्दा कहिले सम्म सुन्दर पोखरीहरुले फोहोरको आहालमा रहनुपर्नेहो सवाल अनुत्तरीत छ ।

फोहोर थुपारिएको स्थान पोखरीको डिलबाट १०० मिटर दुरीमा माछा मासु तथा तरकारी बजार समेत छ । सोही दुरीमा रहेको चिया पसलमा चिया पिउदै गरेका गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहलाई गौरादहको फोहोरमैला ब्यवस्थापनको बारेमा जिज्ञासा राख्दा उनले भने यसै आर्थिक बर्ष भित्रमा डम्पिङ्गसाइट निर्माण सम्पन्न गरी फोहोर ब्यवस्थापन कार्यन्वयनमा आउने छ । उनको भनाइ र कार्यपालिकाको हाल सम्मको गराइलाई आधार मान्ने हो भने समयमै डम्पिङ्गसाइट निर्माण होला भनेर विस्वास गर्न गाह्रो छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

गौरादह नगरपालिका घोषणा भएको ५ बर्ष बितिसक्दा समेत डम्पिङ्गसाइटको निर्माणको योजना कार्यन्वयनमा आउन सकेको छैन् । बिनियोजित रकम प्रत्येक बर्ष फ्रिज हुने गरेको छ । आर्थिक बर्ष २०७४–०७५मा पनि नगरस्तरीय योजनाकोे मुख्य सूचीमा समावेश डम्पिङ्ग साइट निर्माणको ७० लाख रुपयाँ बजेट फ्रिज भयो । आर्थिक बर्ष २०७५– ०७६ मा समेत सरसफाई संरचना निर्माणमा छुट्याएको बजेट मध्येबाट १ करोड ९ लाख ७८ हजार २६७ रुपयाँ फ्रिज गराइएको छ । चालु आर्थिक बर्ष २०७६–०७७ मा पनि फोहोर मैला ब्यवस्थापन शीर्षकमा १ करोड रुपयाँ बिनियोजन गरिएको छ ।

गत आर्थिक बर्षको बजेटबाट २०७५ जेठ १५ गते सिलबन्दी बोलपत्र प्रकाशन गरी फोहोर बोक्ने जिप मिनि ट्रिपर किनिएको छ भने सो ट्रिपर अहिले पनि इलाका प्रहरी कार्यलय गौरादहमा थन्क्याएर राखिएको छ । हाल सम्मपनि डम्पिङ्गसाइट नहुँदा ६ महिनादेखि फोहोर मैला बोक्नुपर्ने ट्रिपर थन्किएको नगर प्रमुख शाहाले बताए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

जनप्रतिनिधिहरुको कमजोर इच्छा शक्ति तथा दाउपेचको अस्वस्थ राजनीतिको कारण गौरादहको समग्र विकासमा बाधा पुगेको स्थानीय नारायण कार्की बताउछन् ।

गौरादह नगरपालिकामा दिनानुदिन तिब्ररुपमा जनघनत्व बढ्दै गएको छ, गौरादह बजार क्षेत्र, स्कुलचौन बजार, बैगुनधुरा बजार तथा ग्वालडुब्बा लगाएतका बजार क्षेत्रको जनसंन्याको बढ्दो चापकोकारण उत्पन्न फोहोर ब्यवस्थापनको हालसम्म कुनै काम नहुँदा गौरादह फोहोरको डंगुरमा उभिएको छ ।

विकासको आधारभुत पक्ष फोहोर ब्यवस्थापन सम्बन्धमा हाल सम्म पनि योजना कार्यन्वयन नगर्नु भनेको जनप्रतिनिधिको असक्षमता भएको बताउछन् गौरादह २ का अर्का स्थानीय युवा सविन खतिवडा ।

जनप्रतिनिधिको भाषण र योजना छनोटमा प्रत्येक बर्ष प्राथमिकतामा पर्ने तर ब्यवहारमा कार्यन्वयन नहुनाले गर्दा गौरादह नगरबासीले फोहोरमैला ब्यवस्थापनमा कठिनाइ भोग्नु परिरहेको छ ।

मंसिर २४ गते बसेको कार्यपालिकाको बैठकले गौरादह नगरपालिकामा फोहोर मैला ब्यवस्थापन तथा डम्पिङ्गसाइट निर्माण शीर्षकको योजना कार्यान्वयनमा अघि बढाउन समपुरक बजेट माग गरिएको निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए । गत कार्तिक २७ गतेबाट प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका ओझाले फोहोर मैला ब्यवस्थापनमा ल्याण्ड फिल्ड साइड निर्माणको योजनालाई प्राथमिकताका साथ अगाडि बढाइने बताए ।

फोहोरमैला व्यवस्थापन ऐन २०६८ ले फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई तोकेको भएपनि गौरादह नगरपालिकाको फोहोर कसले उठाउँछ र कहाँ ब्यवस्थापन गर्छ भन्ने जस्ता आधारभूत जानकारी गौरादह नगरपालिकासंग छैन ।

नगर कार्यपालिकाले ल्याण्ड फिल्ड साइट निर्माण ब्यवस्थापनकालागि जग्गा खोज्न, उपयुक्त स्थानको छनौट गर्न, जनप्रतिनिधिहरुले सुस्म ढंगले ब्यवस्थित योजना बनाएर गृहकार्य गरेको भए बिगतका आर्थिक बर्षबाट नै डम्पिङसाइट निर्माण ब्यवस्थापनको कार्य प्रारम्भ हुने थियो बजेट फ्रिज हुने थिएन । कागजी प्रकृयामा धाराटारेर ब्यबहारिक रुपमा निष्कृय बस्ने जनप्रतिनिधिहरु सक्रिय हुन अत्यावस्यक छ ।

तपाईको प्रतिक्रिया