काठमाडौँ, जेष्ठ २ । अब कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम लागु हुने भएको छ । यस्तै, कक्षा ९ देखि १२ सम्म एकलपथीय पाठ्यक्रम लागू गर्ने तयारी भएको हो ।

पाठ्यक्रम विकास केन्द्रले सार्वजनिक गरेको नयाँ संरचनाअनुसार परिमार्जन गरिएको विद्यालय शिक्षाको पाठ्यक्रम मस्यौदामा सो व्यवस्था गरिएको हो । नयाँ संविधान, शिक्षा ऐनको आठौं संशोधन, संघीय संरचना र कक्षा ११–१२ पनि विद्यालय शिक्षामा समाहित भएपछि नयाँ पाठ्यक्रम जारी गर्न लागिएको हो ।

प्रारम्भिक बालविकास, आधारभूत तह (कक्षा १ देखि ८) र माध्यमिक तह (९ देखि १२) गरी सक्षमताका आधारमा मस्यौदालाई पनि ३ तहमा विभाजन गरिएको छ । केन्द्र्रले सोमवार छलफल र रायसुझाव संकलनका लागि कक्षा १ देखि १२ सम्मको पाठ्यक्रमको मस्यौदा सार्वजनिक गरेको हो ।

अन्तिम रूप दिन रायसुझाव संकलनका लागि मस्यौदा सार्वजनिक गरिएको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले जानकारी दिए । उनका अनुसार जेठ ३ सम्म रायसुझाव संकलन गरेर राष्ट्रिय पाठ्यक्रमको प्रारूपलाई अन्तिम रूप दिइनेछ । अहिलेसम्म पूर्णांकका आधारमा पढाइ हुँदै आएकोमा मस्यौदामा पाठ्यघण्टाका आधारमा पठनपाठन गराउने नयाँ संरचना प्रस्ताव गरिएको उनले जानकारी दिए ।

प्रारम्भिक बाल शिक्षा
पहिलोपटक बालविकास शिक्षालाई समेत विद्यालय तहमा समावेश गरिएको छ । मस्यौदामा प्रारम्भिक बालशिक्षामा आधारभूत सीप सिकाइ र विषयगत सीप सिकाइको क्षेत्र किटान गरिएको छ । बल शिक्षामा शारीरिक, संवेगात्मक, सामाजिक, सांस्कृतिक, बौद्धिक, स्वास्थ्य पोषण र सिर्जनात्मक सीप सिकाइनेछ । त्यस्तै, ४ वर्ष उमेर समूहका बालबालिकाले वार्षिक एक सय ९२ घण्टाको विषयगत कक्षा लिनेछन् । उनीहरूलाई भाषिक, पूर्वगणितीय, वातावरण विज्ञान र सामाजिक अध्ययनको ज्ञान दिइनेछ । बालशिक्षाका विद्यार्थीले वार्षिक कुल ५ सय ७६ घण्टाबाहेक दैनिक १ घण्टा बाह्य खेल र आराम गर्नेछन् ।

कक्षा १ देखि ३ सम्म
मस्यौदामाआधारभूत शिक्षा (कक्षा १–३) मा एकीकृत पाठ्यव्रmम हुने भएको छ । एकीकृत पाठ्यव्रmम सिकाइ क्षेत्रगत उपागममा आधारित हुनेछ । फरक विषयक्षेत्रका सिकाइ उपलब्धिहरु समेट्ने गरी एकीकृत विषयक्षेत्रहरु रहने छन । एकिकृत विषयक्षेत्रहरुले समेटन नसकेका सिकाइ उपलब्धिहरुलाई समेटने गरी विषयगत सिकाइ क्षेत्रहरू समेत रहन सक्ने छन । भाषागत विषयसँग सम्बन्धित विषयक्षेत्रहरु पठन पाठन सम्बन्धित भाषामा नै गर्नुपर्नेछ । यस्तो पाठ्यव्रmम व्रिmयाकलापमुखी हुनेछ र यसले विद्यार्थीहरूमा विषयवस्तुको ज्ञानका साथै विभिन्न किसिमका सिपको विकासमा जोड दिनेछ । यस तहमा बाल बालिकाहरूले आफ्नो मातृभाषामा सिक्ने अवसर प्राप्त गर्ने छन् । आधारभूत तह (कक्षा १–३) मा विद्यार्थीहरूलाई भाषा, गणित, विज्ञान, स्वास्थ्य र शारीरिक शिक्षा, सामाजिक अध्ययन, सिर्जनात्मक कला, मातृभाषा तथा स्थानीय विषयका सिकाइ क्षेत्रहरू प्रदान गरिने छ । कक्षा १ देखि ३ को पाठ्यक्रम संरचनाअनुसार वार्षिक ८ सय ३२ घण्टा पठनपाठन हुनेछ । अहिलेसम्म विद्यालयहरूमा ३५ देखि ४५ मिनेटसम्मको पिरियड हुँदै आएको छ ।

कक्षा ४ र ५ सम्मको
मस्यौदामा, आधारभूत शिक्षा (कक्षा ४–५) मा विद्यार्थीहरूलाई भाषा, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा आचरण शिक्षा, स्वास्थ्य, शारीरिक तथा सृजनात्मक कला, मातृभाषा तथा स्थानीय विषयका सिकाइ क्षेत्रहरू प्रदान गरिने जनाइएको छ । यस तहको पाठ्यव्रmम धेरै बोझिलो नहुने गरी एकीकृत रूपमा विकसित गरिने छ । यस तहमा बाल बालिकाहरूले आफ्नो मातृभाषामा सिक्ने अवसर प्राप्त गर्ने छन् । कक्षा ४ देखि १२ सम्म वार्षिक १ हजार २४ घण्टा पठनपाठन गर्ने गरी पाठ्यक्रम संरचनाको मस्यौदा तयार पारिएको छ ।

कक्षा ६–८ सम्मको
मस्यौदामा, आधारभूत शिक्षा (कक्षा ६–८) मा विद्यार्थीहरूलाई भाषा, गणित, विज्ञान तथा प्रविधि, सामाजिक, वातावरण, जनसङ्ख्या, आचरण, स्वास्थ्य शारीरिक, पेसागत शिक्षा (व्यवहारकुशल सिप) तथा स्थानीय विषयका सिकाइ क्षेत्रहरू नै प्रदान गरिने उल्लेख छ । स्थानीय आवश्यकतामा आधारित अध्ययनअन्तर्गत विद्यार्थीहरूलाई मातृभाषा वा सूचना तथा सञ्चार प्रविधि वा अन्य व्यावहारिक जीवनसँग सम्बन्धित विविध क्षेत्रहरू (पशुपालन, पन्छीपालन, बागवानी, कृषि विज्ञान र कम्प्य’टर शिक्षा जस्ता विषयहरू) मध्ये छानेर अध्ययन गर्ने अवसर दिइनेछ ।

कक्षा ९–१२ सम्मको
मस्यौदामा कक्षा ९ र १० लाई साधारण, संस्कृत र प्राविधिक तथा व्यावसायिक धार गरी पाठ्यक्रमको संरचना विकास गरिएको छ । कक्षा ११ र १२ मा पनि कक्षा ९ र १० मा जस्तै तीनवटै धार समावेश गरिएको छ । पाठ्यक्रमको मस्यौदाअनुसार अहिलेसम्म पढाइ हुँदै आएको संकाय खारेज गरेर ११ र १२ मा नेपाली, अंग्रेजी, गणित, प्रायोगिक गणित, नेपाल अध्ययन र विज्ञान प्रविधि विषय हुनेछन् । यीबाहेक ऐच्छिक विषय पनि राखिएका छन् । ऐच्छिक विषयमा लघु अध्ययन र व्यावहारिक अध्ययन पनि समावेश गरिएको छ । मस्यौदामा नेपाली कला, संस्कृति र मौलिक पहिचानका विषयवस्तु पठनपाठन नेपाली र सबै राष्ट्रभाषामा मात्र हुनुपर्ने व्यवस्था गरिएको छ । प्रदेश र स्थानीय सरकारले पनि आवश्यकताअनुसार पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्न सक्नेछन् ।

कक्षा ९ र १०

२०७३ पुसमा कार्यदल बनाएर पाठ्यक्रम तयारीको काम थालिएको थियो । मस्यौदा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ । म्स्यौदामा कक्षा ८ को परीक्षा स्थानीय सरकार, कक्षा १० को प्रदेश सरकार र कक्षा १२ को संघीय सरकारले सञ्चालन गर्ने परीक्षाको २५ प्रतिशत अंकभार आन्तरिक र ७५ प्रतिशत बाह्य मूल्यांकनबाट हुने प्रस्ताव गरिएको छ ।साभार एजुकेशनपाटी

तपाईको प्रतिक्रिया

Comments