गौरादह, १२ असोज । गौरादह साना किसान महिला कृषि सहकारी संस्थाको १० औ बार्षिक साधारणसभा सम्पन्न भएको छ।
सामुदायिक भवन गौरादहमा संचालन भएको साधारणसभामा संस्थाकि अध्यक्ष तथा कार्यक्रमकि सभापति तुलसा भुजेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कृषि क्षेत्रमा रहेको सानो पूँजीलाई समूह बचतको माध्यमबाट संस्थामा जम्मा गरी यसको परीचालन गरी महिला सदस्यहरुको आर्थिक तथा सामाजिक स्तर माथि उकास्ने किसानहरुलाई कृषि, पशुपालन, व्यापार, व्यवसायीक क्षेत्रमा उत्प्रेरीत गर्ने, आत्मबल बढाउने, महिला सशक्तिकरण गर्ने कार्य गदै आएको साथै मानव संस्थालाई मध्यनजर गर्दै विगत चार वर्ष देखि अर्गानिक खेतीको अवधारणा ल्याएको र विषादी रहित कृषि उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यस वर्ष देखी वाड नं. १ मा सामूहिक अर्गानिक खेती सन्चालनमा रहेको र हाल २८५ वटा समूह रहेको र १ हजार ४ सय ४९ महिला शेयर सदस्य रहेका प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
लेखा संयोजक ललिता सिग्देलले संस्थाको कुल सेयर पुजी १ करोड ४ लाख १६ हजार १ सय रहेको प्रतिबेदन प्रस्तुत गरेकी थिईन।
त्यस अबसरमा संस्थामा असल कारोवार गरेवापत विभिन्न बिधामा पुरस्कृत गरिएको थियो। संस्थाका जेष्ठ महिला सेयर सदस्य ५ जनालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।
संस्थाका पूर्व सञ्चालक ८ जनालाई सम्मान गरिएको थियो । त्यसैगरि लघुकर्जामा ३ जनालाई, समूह जमानतमा २ जनालाई, असल ऋणी ५ जना, बालबचत तर्फ २ जना, व्यवसायिक पशुपालन तर्फ २ जना, तरकारी खेतीतर्फ १ जना, दैनिक बचत तर्फ २ जना , धानखेती तर्फ २ जना, बाख्रा पालन तर्फ २ जना, एसइइमा उत्कृष्ट अंक ल्याउने २ जनालाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले साधारणसभाको उद्धघाटन गर्दै सहकारी संस्थाहरूले सबैलाई संगठित गर्दै एकै ठाउँमा राखेर जनताको आय आर्जन वृद्धि गर्न सहयोग गरेकोमा धन्यवाद दिए।
गौरादह नगरपालिका उपमेयर गीता भेट्वाल, वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भन्डारी, साना किसान बिकास बैंक बिर्तामोडका प्रबन्धक सुवास गौतम, सल्लाहाकार सदस्य हरि बस्नेत लगायतले शुभकामना मन्तब्य राखेका थिए। उपाध्यक्ष हरि माया अधिकारीले स्वागत मन्तब्य राखेको कार्यक्रममा सदस्य अन्जु निरौलाले कार्यक्रम संचालन गरेकि थिईन। संस्थाकी अध्यक्ष तुलसा भुजेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।






