Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

गौरादह,   ११  असोज  । गौरादह-२ स्थित न्यु पब्लिक कृषि सहकारी संस्थाले ५ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाले आफ्नै भवनको सभाहलमा संचालन गरेको साधारणसभामा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति भूपाल राज कटुवालले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाले छोटो समयमा उपलब्धि मुलक र उल्लेखनीय काम गर्न सफल भएको जानकारी गराएका थिए।

अध्यक्षको प्रतिवेदनमा कृषि क्षेत्रमा लगानी बढाई आधुनिकिकरण गर्ने, उत्पादन क्षमतामा अभिबृद्वि, संस्थाको कार्य क्षेत्र भित्र रहेका गरिब,दलित,जनजाति,महिला तथा साना किसानहरूलाई संगठीत गराई सहकारिताको माध्यमबाट जीबनस्तर उकास्ने, कर्मचारी तथा शेयर सदस्यहरूलाई तालिम तथा भ्रमणको ब्यबस्था गरिएको प्रतिवेदनमा उल्लेख छ।

साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले सहकारीको माध्यमबाट नगरको विकास सम्भव रहेको धारणा राखेका थिए। संस्थाका लेखा समिति सदस्य डिल्ली राम भट्टराईले संस्थाको कुल शेयर पुजी २ करोड १२ लाख ८३ हजार २ सय र वासलत ७ करोड २६ लाख ७३ हजार ४ सय ५७ रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस अवसरमा जेष्ठ नागरिक मोतिखर भट्टराई र नगरपालिकाका मेयर रोहित कुमार शाहलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।

संस्थामा उत्कृष्ट कारोबार गर्ने ७ जना, उत्कृष्ट ऋणी ७ जनाका साथै १५ जनालाई चिठ्ठाबाट पुरस्कृत गरिएको थियो । वडा नं. २ का वडाध्यक्ष हेमन्त कार्की,समाजसेवीे लक्ष्मी बाह्रकोटी,गौरादह उद्योग बाणिज्य संघ अध्यक्ष जीवन राई लगायतले शुभकामना मन्तब्य राखेका थिए। संस्थाकि सदस्य गंगा कार्कीले स्वागत मन्तब्य राखेको कार्यक्रममा सचिव गोपाल बरालले कार्यक्रम संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments