गौरादह, २८ भदौ । गौरादह नगरपालिका वडा नं ७ स्थित जुरोपानी बहुउद्देश्यीय सहकारी संस्था ग्वालडुब्बाको २० औं बार्षिक साधारणसभाले छत्र प्रसाद चुडालको अध्यक्षतामा ९ सदस्यीय समिति सर्बसम्मत चयन गरेको छ ।नब गठित समितिको उपाध्यक्षमा अरूण शाह सचिबमा सूर्य भक्त सिटौला र कोषाध्यक्षमा पूर्ण डाँगी रहेका छन ।
सदस्यहरूमा चुडा बहादुर भुजेल, दुर्गामणी दहाल, सुमित्रा खरेल, बिष्णु भट्टराई र संकर अधिकारी रहेका छन ।सोहि साधारणसभाले राजेन्द्र सुबेदीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति सर्बसम्मत चयन गरेको छ ।समितिका सदस्यहरूमा ईन्द्र कुमार राई र बद्रि देबि कट्टेल रहेका छन ।
ईमिनेन्ट कन्चनजङगा अँग्रेजी मा।बि। को प्राङगणमा संचालन गरिएको साधारणसभामा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति अमर दास सिवाकोटीले संस्थाको बार्षिक प्रगति प्रतिबेदन पेस गर्दै निति नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।कोषाध्यक्ष बिष्णु बहादुर बुडाथोकीले संस्थाको १ करोड ६५ लाख ८ हजार १ सय कुल सेयर पुजी रहेको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।प्रतिबेदनमा संस्थाको १ करोड ९४ लाख ९ हजार ५ सय ९० आम्दानी र १ करोड १० लाख ८२हजार ३ सय ६९ खर्च रहेको उल्लेख गरेका छन ।
साधारणसभामा संस्थाका जेष्ठ सेयर सदस्यहरू तेज प्रसाद प्रसाईं, तुलसि प्रसाद चुडाल, मेनुका श्रेष्ठ र चन्द्र कला गौतमलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।संस्थाकी कर्मचारी नुतन उप्रेतीलाई दोसल्ला ओढाई सम्मान पत्रका साथ सम्मान गरिएको थियो ।
गत बर्षको एस ई ई परीक्षामा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोरा छोरीहरू सामुदायिक र संस्थागत बिधालयमा अध्यापनरत ४ जना बिधार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।उत्कृष्ट बचत कर्ता १५ जना, उत्कृष्ट कर्जा तर्फ १५ जना र चिठ्ठाबाट १८ जनालाई पुरस्कृत गरिएको थियो ।त्यस अबसरमा संस्थाका पूर्ब अध्यक्ष अमर बहादुर बिस्ट, सल्लाहाकार संयोजक प्रेम दंगाल र महिला समिति संयोजक टीका देबि घिमिरे लगायतले शुभकामना मन्तब्य राखेका थिए । बिष्णु बहादुर बुढाथोकीले स्वागत मन्तब्य राखेको कार्यक्रममा सचिब दिननाथ कडरीयाले कार्यक्रम संचालन गरेका थिए ।






