Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

संसदले जान्नै पर्ने १६ नियम
काठमाडौं २१ फाल्गुण २०७४ । संघीय संसदले नयाँ नियमावली नबजुन्जेल सम्मका लागि काम चलाउन अन्तरिम कार्य्विधि पारित गरेको छ । नियमित कामका लागि खाँचो नपरोस भनेर संसद सचिवालयले तयार पारेको कार्य्विधिको मस्यौदालार्य कार्यव्यवस्था परामर्श समितिको बैठकले पारित गरेको थियो ।

सोही निर्णय अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैले सोमबार आ–आफ्ना कार्य्विधि पारित गरेका हुन् । कार्य्विधिमा संसद संचालनको आधारभूत विषयहरु समेटिएका छन् । जसमध्य कार्य्विधिको दफा १४ मा बैठकमा पालना गर्नुपर्ने नियम उल्लेख छ ।

क.सभामुख बैठक कक्षमा प्रवेश गर्दा सवैले उठेर सम्मान प्रकट गर्नु पपर्दछ ।

ख. सभामुखले बैटकप्रति सम्मान प्रकट गरी आफ्नो आसन ग्रहण गर्ने ।

ग. बैठक स्थगित भएर सभामुख निस्केपछि मात्रै अरु सदस्यहरु निस्कने ।

घ. सभामुखले समय दिएपछि मात्रै बोल्ने ।

ङ. सभामुखले दिएको आदेश बाहेक सांसदहरुले बोल्दा उभिएर बोल्नुपर्ने ।

च. सभामुखले सम्बोधन गरिरहेका बेला सबैले सुन्नुपर्ने, कुनैपनि सदस्यले स्थान छोड्न नहिुने ।

छ.सभमुखको आसन तथा बोलिरहेको सांसदको बीचबाट हिड्न नहुने। सभामुखको आशनतर्फ पिठ्यू फर्काएर बस्न नहुने । ज. कुनै सांसदले बोलिरहेका बेला अरुले अबरोध हुने कार्य गर्न नहुने ।

झ. बैठकका विषय बाहेक सभाकक्षमा अन्य कागजपत्र पढ्न नहुने ।

ञ. बैठक कक्षमा मोबाईल फोन तथा अन्य विद्युतीय सामाग्री प्रयोग गर्न नहुने ।

ट. सभामुखले समय दिएपछि मात्रै बोल्नुपर्ने, सदन वा सभामुखको निर्णय उपर बोल्दा बाहेक सभामुख कै विषयमा बोल्न नपाईने ।

ठ. संविधानको धारा १०५ ले बन्देज गरेका विषयमा बोल्न नपाईने ।

ड. नियमापत्ति गर्दा केन नियम उलंघन भएको हो भन्ने खुलाएर मात्रै सभामुखले बोल्न अनुमति दिएपछि बोल्नु पर्ने ।

ढ. नियमापत्तिको विषयमा सभामुखले दिएको निर्णय नै अन्तिम हुने ।

ण. अभद्र व्यवहार गर्ने सांसदलाई सभामुखले चेतावनी दिएपछि तुरुन्त सच्याउनुपर्ने ।

त. सभामुखले निष्काशन गर्दा तत्काल सभाहल छोड्नुपर्ने ।

तपाईको प्रतिक्रिया