Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

काठ्माडौं,  २१  सााउन  ।  मोटरबाटो नभएको खेतीयोग्य जग्गा धितोमा राखेर २० लाखसम्म कर्जा लिन पाइने भएको छ ।

व्यवसायिक कृषि, पशुपालन, साना तथा मझौला व्यवसाय गर्ने तथा भूकम्प प्रभावित क्षेत्रमा आयमूलक क्रियाकलापलाई प्रोत्साहित गर्न भन्दै नेपाल राष्ट्र बैंकले मोटर बाटो नभएको जमिनमा पनि बैंकहरूले धितो स्वीकृत गर्नुपर्ने निर्देशन दिएको हो।

राष्ट्र बैंकले सबै वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९को अधिकार प्रयोग गर्दै यस्तो निर्देशन दिएको हो।

यसअघि १२ फिट बाटो नभएको जग्गालाई बैंक तथा वित्तीय संस्थाहरूले धितोको रूपमा स्वीकार गर्दैनथे।

यस्तै, राष्ट्र बैंकले कृषि, उद्यम र व्यवसाय गर्नेहरूको लागि दिइने १५ लाख रुपैयाँसम्मको कर्जामा पनि मोटरबाटो नभएको जग्गा धितो राख्न सकिने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले कृषि, उद्यम र व्यवसाय वृद्धि गर्न प्रवाह गर्ने १५ लाखसम्मको कर्जा निर्धारण गर्दा आधार दरमा थप २ प्रतिशत सम्म मात्र थप हुनेगरी ब्याज निर्धारण गर्नुपर्ने बताएको छ। यसरी लिएको कर्जा ऋणीले समय अघिनै भुक्तानी गरेमा अग्रिम भुक्तनीको शुल्क लिन नपाइने राष्ट्र बैंकको निर्देशन छ ।

यसअघि बैंकहरूले कर्जा प्रवाह गर्नुपूर्व सेवा शुल्क ऋण रकमको कम्तीमा १ प्रतिशत र अग्रिम भुक्तानी शुल्क १ देखि २ प्रतिशतसम्म लिँदै आएका थिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments